२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणमा देउवालाई सघाउने प्रकाशमान सिंहको घोषणा !

२०७८, २८ मंसिर मंगलवार ०६:२५

मंसिर २८, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवा ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पुगेका छन्। काँग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याउन सकेनन्।

अब देउवा र शेखर कोइरालाबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ। सभापतिमा दाबी गरेका प्रकाशमान सिंहले ३७१ मत पाएका थिए। त्यसैले शेखर र देउवा सिंहलाई आफ्नो समूहमा ल्याउन कोसिस गरिरहेका छन्। रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सहभागी भएर देउवा सिधै चाक्सीबारी पुगेका हुन्।

भेटपछि सिंहले आफ्नो समर्थन देउवालाई रहेको बताए। सिंहले देउवाले कमी कमजोरी सुधारेर अघि जाने बताएको र देउवालाई देशभरका प्रतिनिधिले बहुमत दिएर स्वीकार गरेकाले आफ्नो समर्थन रहेको बताए। देउवाले कमी कमजोरी सुधार गर्न प्रतिवद्धता जनाएकाले आफूले समर्थन दिएको सिहंले बताए।

‘अहिले दोस्रो राउण्ड चुनाव हुँदा पार्टीलाई महाधिवेशन प्रतिनिधिको मत छ। त्यसलाई अघि बढाउने र पार्टीमा सुधार ल्याउन उहाँले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौं,’ सिंहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने