मंसिर २८, काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने भएका छन् ।
पहिलो चरणको चुनावको नतिजापछि प्रतिक्रिया दिँदै सिंहले देउवालाई सहयोग गर्ने बताएका हुन् ।
यसपटक नेतृत्व परिवर्तन गर्ने भनेर आफूले उम्मेदवारी दिए पनि पहिलो चरणमा कसैले जित्न नसकेको र देशभरका प्रतिनिधिको भावना एकपटक फेरि देउवालाई नै सभापति बनाउने भएकाले देउवालाई समर्थन गर्ने निर्णय गरेको बताए ।
प्रकाशमान सिंहलाई फकाउन सहयोगीहरुका साथ प्रधानमन्त्री शेरबहादुर देउवा आफै सिंह निवास चाक्सीबारी पुगेका थिए ।
यसैबीच विमलेन्द्र निधिले पनि देउवालाई नै समर्थन गर्ने भएका छन् ।