३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान साढे तीन बजे !

२८ मंसिर २०७८, मंगलवार ०६:५४

मंसिर २८, काठमाडौँ | नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ। आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरूले बहुमत नपाएपछि पुनः मतदान हुने भएको हो।

कांग्रेस निर्वाचन समितिका अनुसार मतदान आज दिउँसो साढे तीन बजेदेखि हुने छ। सोमबार मतदान भएका तीन स्थानबाट नै मतदान हुने निर्वाचन समितिले जनाएको छ। काँग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याउन सकेनन्।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। अब देउवा र शेखर कोइरालाबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ। सभापतिका लागि देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएपछि दुवै नेता आफ्नो पक्षमा मत माग्न सक्रिय भएका छन्। देउवाले प्रकाशमान सिंहसँग साथ मागेका छन्।

भेटपछि सिंहले आफ्नो समर्थन देउवालाई रहेको बताएका छन्। सिंहले देउवाले कमी कमजोरी सुधारेर अघि जाने बताएको र देउवालाई देशभरका प्रतिनिधिले बहुमत दिएर स्वीकार गरेकाले आफ्नो समर्थन रहेको बताए। देउवाले कमी कमजोरी सुधार गर्न प्रतिवद्धता जनाएकाले आफूले समर्थन दिएको सिहंले बताए। सिंहको समर्थनपछि सभापतिमा देउवाको जित सुनिश्चित जस्तै भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही