२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान साढे तीन बजे !

२०७८, २८ मंसिर मंगलवार ०६:५४

मंसिर २८, काठमाडौँ | नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ। आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरूले बहुमत नपाएपछि पुनः मतदान हुने भएको हो।

कांग्रेस निर्वाचन समितिका अनुसार मतदान आज दिउँसो साढे तीन बजेदेखि हुने छ। सोमबार मतदान भएका तीन स्थानबाट नै मतदान हुने निर्वाचन समितिले जनाएको छ। काँग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याउन सकेनन्।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। अब देउवा र शेखर कोइरालाबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ। सभापतिका लागि देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएपछि दुवै नेता आफ्नो पक्षमा मत माग्न सक्रिय भएका छन्। देउवाले प्रकाशमान सिंहसँग साथ मागेका छन्।

भेटपछि सिंहले आफ्नो समर्थन देउवालाई रहेको बताएका छन्। सिंहले देउवाले कमी कमजोरी सुधारेर अघि जाने बताएको र देउवालाई देशभरका प्रतिनिधिले बहुमत दिएर स्वीकार गरेकाले आफ्नो समर्थन रहेको बताए। देउवाले कमी कमजोरी सुधार गर्न प्रतिवद्धता जनाएकाले आफूले समर्थन दिएको सिहंले बताए। सिंहको समर्थनपछि सभापतिमा देउवाको जित सुनिश्चित जस्तै भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन