मङ्सिर २८, काठमाडौँ | काँग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका पाँचौँ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई नै सघाउने भएका छन् ।
साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको उनले बताए । अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन् ।पहिलो चरणमा सभापतिका प्रत्याशी गुरुङले २० मत ल्याएका थिए ।
महाधिवेशनमा केबल २० भोट ल्याएका उनले पनि देउवालाई समर्थन गरेपछि काँग्रेसको इतर पक्षबाट शेखर कोइराला एक्लै परेका छन् ।
यसअघि सभापति सभापतिका दुई उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई सघाउने घोषणा गरेका छन् । देउवालाई सभापतिमा जित्न मात्र ८३ मत आवश्यक छ ।