मङ्सिर २८, काठमाडौँ | पूर्वमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार काठमाडौंमा त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरे ।
लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउने र संविधानलाई चलायमान बनाउन भूमिका खेल्ने उद्धेश्यले पार्टी गठन गरिएको त्रिपाठीले बताए ।
अन्य दलको आलोचना गर्न नभई नयाँ राजीनीति संस्कार शुरु गर्न नयाँ दल स्थापना गरिएको उनको तर्क छ । घोषणा कार्यक्रममा कांग्रेस नेता दमननाथ ढुंगाना, पूर्व सचिव रामेश्वर खनाल लगाएत सहभागी थिए ।