३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेतृत्व परिवर्तन आवश्यक छ, काेइरालालाई भाेट हाल्नुस्’:थापा

२८ मंसिर २०७८, मंगलवार १०:५१

मङ्सिर २८, काठमाडौँ | नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले सभापतिमा शेखर कोइरालालाई मतदान गर्न महाधिवेशन प्रतिनिधिलाई अपील गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै थापाले नेतृत्व परिवर्तन जरुरी रहेको भन्दै कोइरालालाई मतदान गर्न आग्रह गरेका हुन्।

‘तपाईँको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान विन्दु हुनेछ। एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी संततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपील गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।

उनले नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दूरगामी महत्वको निर्णय गर्ने क्षण भएको बताएका छन्। उनले भनेका छन्, ‘यस घडीमा इतिहासले हामीसँग त्यही असाधारण निर्णय लिन आह्वान गरिरहेको छ। देशभरि छरिएर रहेका कांग्रेसजन, शुभेच्छुक तथा आम जनताले आज त्यस्तो निर्णय लिनसक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेका छन्। इतिहासको आह्वानलाई स्वीकार्दै आम अपेक्षाअनुरुप कांग्रेस पुनःर्जागरण र रुपान्तरणको यात्रा यो महाधिवेशनबाट तय गर्न सक्नुपर्छ। त्यसको आरम्भ आज तपाईँको मतमार्फत् हुनेछ भन्नेमा म विश्वस्त छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही