मङ्सिर २८, काठमाडौँ | नेपाली काँग्रेसको सभापति पदका लागि दोश्रो चरणको मतदान जारी छ। राष्ट्रियसभा गृहमा मतदान प्रक्रिया चलिरहँदा यसबेला सभापतिका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन मतदातासँग भोट मागिरहेका छन् ।
दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
उनीहरु देउवासँगै मतदाताहरूसँग मत मागिरहेका छन् । मतदान सुरु भएको डेढ घण्टामा १ हजार मत खसेको जनाइएको छ ।