३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद अवरुद्ध एमालेको अन्ध पार्टीगत स्वार्थ हो: श्रेष्ठ

२९ मंसिर २०७८, बुधबार ०६:२२

मङ्सिर २९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्नु अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा भएको बताएका छन्। बुधवार सामाजिक सञ्जालमार्फत श्रेष्ठले लोकतान्त्रिक मान्यतालाई आत्मासाथ गर्दै संसद सुचारु गर्न एमालेलाई अपिल समेत गरे।

उनले संसद अवरुद्ध गरिरहेर एमालेले लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरेको आरोप लगाएका छन्। ‘नेकपा (एमाले )ले संघीय संसदको बैठक लगातार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ। अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा हो यो। लोकतान्त्रिक मान्यतालाई आत्मसात् गर्दै संसद सुचारु गर्न नेकपा( एमाले)लाई गम्भीर अपिल गर्दछु,’ श्रेष्ठले भनेका छन्।

मंगलबारबाट सुरु भएको प्रतिनिधिसभाको दशौं र राष्ट्रिय सभाको एघारौं अधिवेशनको पहिलो बैठक पनि एमाले अवरुद्ध गरेको छ। अघिल्लो अधिवेशनभरि पनि एमालेले संसद्मा विरोध र नाराबाजी जारी राखेको थियो। जसका कारण कैयौं महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेका थिएनन्। मंगलबार बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरू ‘बेल’ घेर्न पुगेका थिए। एकीकृत समाजवादीका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले सांसदहरूले संसद् बैठक बन्धक बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु