३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवासँग सहकार्य र संघर्षको सम्बन्ध कस्तो रहन्छ ?

२९ मंसिर २०७८, बुधबार ११:१४

मङ्सिर २९, काठमाडौँ | नेपाली काँग्रेसका नेता गगन थापाले अब कुनै गुटको होइन, समग्र काँग्रेसको सभापति बन्न नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। समूहका तर्फबाट महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिन आज आयोजित कार्यक्रममा उनले भने, ‘सभापतिलाई खुला आग्रह छ, अब धेरै कुरा नयाँ इनिङ्समा बदल्नुपर्छ, अब गुटको सभापति होइन, सिंगो काँग्रेसको सभापति बन्नुपर्छ, सबैको सभापति बन्नुपर्छ।’

थापाले पार्टीलाई मजबुद बनाउने कुरामा देउवासँग सहकार्य हुने र पार्टी हितविरुद्ध हुने कार्यमा संघर्ष हुने बताए। ‘अब शेरबहादुर देउवासँग सहकार्य र संघर्षको सम्बन्ध हुन्छ। राम्रो काममा सहकार्य, नराम्रो काममा संघर्ष। शेरबहादुर देउवा हामी सबैको सभापति हो। पार्टीलाई सफा, पवित्र बनाउने कुरामा उहाँलाई सम्पूर्णरुपमा सहयोग हुन्छ,’ उनले भने।

उनले नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भए पनि १४औं महाधिवेशनमा नेतृत्व बदल्ने प्रयास भए पनि नसकेको स्वीकार गरे। थापाले सभापतिको निर्वाचनमा पराजित भएपछि शेखर कोइरालाले संस्थापनसँग ४० भागबण्डा खोज्नु नहुने बताए। पार्टीमा अब गुटलाई बिर्सेर विधिको आधारमा निर्णय लिनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ