२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओलीले आपराधिक क्रियाकलाप गरे : झाँक्री

२०७८, २९ मंसिर बुधबार १२:१८

मङ्सिर २९, काठमाडौँ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन्। जनकपुर पुगेकी मन्त्री झाँक्रीले बुधवार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी हुन्।

ओली संसद्‌को औचित्यमाथि प्रश्न उठाएर संसद् विघटन गराउनेतर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरूको सिकार संसद् बन्नु हुन्छ कि बन्नु हुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताइन्। ओलीले आफूले गरेको संसद् विघटनको औचित्य पुष्टि गर्नका लागि संसद् चल्न नदिएको उनको भनाइ थियो। उनले सरकारले संसद्‌मा बिजनेस दिने र आवश्यक कानुन निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि उनले उल्लेख गरिन्।

‘केपी ओलीलाई संसद्‌को औचित्यमाथि प्रश्न उठाएर संसद् विघटन गर्दै लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ नै उद्यत हुनुहुन्छ। त्यसकारण आज हामीले ७० वर्ष लडेको, ७ दशकको इतिहास ओलीजस्ता अहंकारी व्यक्तिहरूको सिकार संसद् बन्नु हुन्छ कि हुँदैन भन्ने बहस गराउनुपर्छ समाजमा। त्यसकारण उहाँहरूले त यसको औचित्य, आफूले विघटन गरेको असंवैधानिक मात्रै होइन, आपराधिक क्रियाकलाप हो संसद् विघटन गर्ने। त्यसलाई पुष्टि गर्नको लागि उहाँले संसद् चल्न दिनुहुन्न,’ उनले भनिन्, ‘तर सरकारले चाह्यो भने संसद्मा आफ्नो बिजनेस गर्छ। हामीलाई आवश्यक कानुनहरू निर्माण गर्नुपर्ने, आवश्यक नीति लिनुपर्ने ठाउँमा सरकारले आफ्नो स्टेप लिन्छ।’

मन्त्री झाँक्रीले एमाले पार्टी दक्षिणपन्थी विसर्जनवादी बाटोमा लागेको आरोप लगाइन्। एमालेको दसौं महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरूलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विसर्जनवादी बाटोमा लागेको पुष्टि भएको उनको भनाइ थियो। मन्त्री झाँक्रीले श्रमजीवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दाबी पनि गरिन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन