३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस उपसभापतिमा खड्का र गुरूङ निर्वाचित ! गच्छदारद्वारा पुनः मत गणनाको माग !

१ पुष २०७८, बिहीबार ०५:५१

पुस १, काठमाडौँ | कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएर विजयी भएका हुन्। खड्का सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन्।

देउवा पक्षकै विजय गच्छदार जम्मा २ मतले तेस्रो स्थानमा परेका छन्। उनले १९०६ मत ल्याए। गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गरेका थिए। यसले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो।

दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। चौथो स्थानमा रहेका चन्द्र भण्डारीले १५८० मत ल्याएका छन्।

प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, स्वतन्त्र तर्फबाट महेश आचार्य र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उठेका थिए। कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ