पुस १, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिमा उम्मेदवारी दिएका विजयकुमार गच्छदार २ मतले पराजित भएका छन्।
बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्।
सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन्। महामन्त्रीको दुई सिट छ। पूर्णबहादुर खड्का पनि विजयी भएका छन्।