पुस १, काठमाडौँ | निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। बिहीबार विहान आयोगले सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो।
आयोगले दल दर्ताको म्याद यही पुस १० गतेसम्म तोकेको छ। आगामी माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।
यसैगरी, पुस २१ गते उम्मेदवारीमा दाबी विरोधको जुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिनसक्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।