पुस १, काठमाडौँ | रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले आज अपरान्ह ४ बजे पत्रकार भेटघाट गर्ने भएका छन्।
कांग्रेस महामन्त्रीका उम्मेदवारसमेत रहेका रिजालले मन्त्रालयमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका हुन्। महाधिवेशनमा अपेक्षित मत परिणाम नआएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् रिजालले राजीनामाको घोषणा गरेका छन्।
महामन्त्रीको प्रारम्भिक मतपरिणामअनुसार उनी अहिले पाँचौं स्थानमा छन्। उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार हुन्। सोही प्यानलबाट उम्मेदवार बनेका गगन थापा भने फराकिलो मतान्तरका साथ अगाडि छन्।