२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापतिलाई बल पुग्नेगरि काम गर्छु : गगन थापा

२०७८, १ पुष बिहीबार ११:५०

पुस १, काठमाडौँ | नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित नेता गगन थापाले पार्टीलाई एकताबद्ध गर्ने र सुदृढ गराउनु आफ्नो कर्तव्य रहेको बताएका छन्। महामन्त्रीमा विजयी भएपछि सानेपामा संक्षिप्त प्रतिक्रिया दिँदै थापाले आफूले इमानदारिता र परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्ने बताए।

‘म समूहमा बसेर निर्वाचनमा लडे। म सिंगो पार्टीको महामन्त्री हुँ। पार्टीलाई व्यवस्थापन गर्ने मुख्य काम महामन्त्रीको हो,’ उनले भने, ‘अब एक दिन पनि चुक्ने, बिग्रने सुविधा छैन। चार वर्षका लागि धेरै पाएको मतबाट जिम्मेवारी पनि धेरै पाएको छु, त्यसलाई परिपक्व हिसाबले अगाडि बढाउनेछु।’ थापाले पार्टी सभापतिलाई सबैलाई समेटेर अघि बढ्न आग्रह गरे।

आफूसहितका पदाधिकारीले सभापतिलाई बल पुग्नेगरी, तागत पुर्‍याउने गरी काम गर्ने पनि उनले प्रस्ट पारे। निर्वाचनमार्फत नेतृत्व चयन भएका कारण कतिपयको मनमा घाउ भएको, साथीहरूको मनमा चोट लागेको भन्दै उनले साथीहरूको दुरी, घाउलाई कम गर्ने दिशामा पनि आफूले काम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ