३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्षामन्त्री डा. रिजालले बुझाए राजीनामा पत्र

१ पुष २०७८, बिहीबार ११:५३

पुस १, काठमाडौँ | रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गरेका हुन्। यसअघि उनले सामाजिक सञ्जालमार्फत रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गरेका थिए।

कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिएका डा. रिजालले मतगणनाको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गरेका थिए। राजिनामा बुझाएपछि उनले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। पत्रकार सम्मेलनमा उनले आफू राजनीतिक जीवनमा रहने वा नरहनेबारेमा अझै निर्णय गरिनसकेको बताए।

उनले भने, ‘म राजनीतिको हारेको थाकेको सिपाही होइन। सार्वजनिक जीवनमा रहन्छु तर राजनीतिमा मेरो भूमिकाबारे अझै निर्णय गरिसकेको छैन।’ आफू शशांक कोइरालाको सिफारिसबाट रक्षामन्त्री बनेको र पार्टी महाधिवेशनमा पराजित भएपछि त्यही प्रश्न आउन सक्छ भनेर राजीनामा दिएको बताए।

आफू आफ्नो आदर्शमा अडिग रहेको उनले बताए। आउँदा दिनमा फेरि पार्टी, आफ्ना मतदाता र जनताका अघि ठिंग उभिनका लागि रक्षामन्त्रीबाट राजीनामा दिएको रिजालको भनाई छ। ‘तर शेखर कोइरालालाई समर्थन मैले कुनै लेनदेनमा गरेको होइन। कुनै बेला शशांकलाई अनि रामचन्द्र जीहरूलाई पनि उम्मेदवार बनाएर लैजानुपर्छ भन्ने पनि सोचेको हुँ,’ उनले भने ‘मैले कसैसँग केही भाग खोसेको होइन। त्यो मेरो स्वविवेकको निर्णय थियो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ