६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकासका काम तीव्र गतिमा अघि बढाउँछौं : मन्त्री झाँक्री

१ पुष २०७८, बिहीबार ११:५५

पुस १, काठमाडौँ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा विकास निर्माणका कामहरू हुनुपर्ने बताएकी छन्। जनकपुरमा प्रदेश मेडिकल स्टोर र कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको शिलान्यास तथा समुद्घाटन कार्यक्रममा उनले तीनै तहको सहकार्यबाट मात्रै विकास निर्माणका काम प्रभावकारी हुने बताइन्।

मन्त्री झाँक्रीले भने, ‘नेपालको संघीयता विशिष्ट प्रकारको छ। तसर्थ, ३ वटै सरकार मिलेर नागरिकको जीवनस्तर उकास्ने र विकास निर्माणका कामहरू तीव्र रूपमा सञ्चालन गर्न लाग्नुपर्छ।’ उनले प्रदेश २ मा बस अड्डा निर्माणमा पहल गर्ने, महेन्द्रनारायण निधी सभाहल निर्माण गर्ने, प्रहरी प्रशासनको ब्यारेक निर्माण गर्ने पनि बताइन्।

त्यसैगरी कैदी बन्दीका लागि जेलको निर्माण, घरविहीनका लागि आवास र आवश्यक स्थानमा प्रदेश सरकारसँगको समन्वयमा काम अघि बढाउने पनि बताइन्। साथै, उनले संविधानले निर्दिष्ट गरेका मौलिक हकको कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको पनि बताइन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति