२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकासका काम तीव्र गतिमा अघि बढाउँछौं : मन्त्री झाँक्री

२०७८, १ पुष बिहीबार ११:५५

पुस १, काठमाडौँ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा विकास निर्माणका कामहरू हुनुपर्ने बताएकी छन्। जनकपुरमा प्रदेश मेडिकल स्टोर र कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको शिलान्यास तथा समुद्घाटन कार्यक्रममा उनले तीनै तहको सहकार्यबाट मात्रै विकास निर्माणका काम प्रभावकारी हुने बताइन्।

मन्त्री झाँक्रीले भने, ‘नेपालको संघीयता विशिष्ट प्रकारको छ। तसर्थ, ३ वटै सरकार मिलेर नागरिकको जीवनस्तर उकास्ने र विकास निर्माणका कामहरू तीव्र रूपमा सञ्चालन गर्न लाग्नुपर्छ।’ उनले प्रदेश २ मा बस अड्डा निर्माणमा पहल गर्ने, महेन्द्रनारायण निधी सभाहल निर्माण गर्ने, प्रहरी प्रशासनको ब्यारेक निर्माण गर्ने पनि बताइन्।

त्यसैगरी कैदी बन्दीका लागि जेलको निर्माण, घरविहीनका लागि आवास र आवश्यक स्थानमा प्रदेश सरकारसँगको समन्वयमा काम अघि बढाउने पनि बताइन्। साथै, उनले संविधानले निर्दिष्ट गरेका मौलिक हकको कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको पनि बताइन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल