२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेमा वरियताको पछिल्लो नम्बरमा परे भुसाल

२०७८, २ पुष शुक्रबार ०७:४५

पुस २, काठमाडौँ | नेकपा एमालेको वरियतामा पदाधिकारीभन्दा पछाडिको एक नम्बरमा घनश्याम भुसालको वरियता तोकिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरिएको अन्तर पार्टी निर्देशनमा उपाध्यक्षका दाबेदार भएर पराजित भएका भुसाललाई पदाधिकारीपछिको एक नम्बरमा राखिएको हो।

एमालेमा १९ जना पदाधिकारीको टिम रहेको छ। त्यसपछि २० औं नम्बरमा भुसाललाई पार्टीको स्थायी कमिटी सदस्य तथा अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ।

भुसाल केही समयअघि मात्र सकिएको महाधिवेशनमा उपाध्यक्षका दाबेदार थिए भने निर्वाचन प्रक्रियामा भाग लिँदा उनी पराजित भएका थिए।

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल उपाध्यक्षमा निर्वाचित भएका थिए। एमालेमा चलेको अन्तरसंघर्षमा ‘१० जना’को समूहबाट प्रतिनिधित्व गरेका उनलाई ओलीले स्थायी कमिटीमा समावेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ