पुस २, काठमाडौँ | नेपाली काँग्रेसको खस-आर्यतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका किशोरसिह राठौर निर्वाचित भएका छन्।
शुक्रबार आएको सहमहामन्त्रीको मत परिणाम अनुसार राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन्। राठौर २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन्।