२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा चुनिए ८ सहमहामन्त्री, कुन क्लस्टरबाट काे ?

३ पुष २०७८, शनिबार ०४:४८

पुस ३, काठमाडौँ | नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनबाट आठ सहमहामन्त्री निर्वाचित भएका छन्। महिला, दलित, आदिवासी/जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र गरी आठ क्लस्टरबाट एक/एक जना सहमहामन्त्री निर्वाचित भएका हुन्।

आठमध्ये ६ जना शेरबहादुर देउवा प्यानलबाट र २ जना शेखर कोइराला प्यानलबाट निर्वाचित भएका छन्। महिलातर्फको सहमहामन्त्रीमा कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ प्रतिस्पर्धामा थिए। जसमा उपाध्यायले कोइराला प्यानलकी उम्मेद्वार पन्तलाई पराजित गरिन्। उपाध्याय देउवा प्यानलकी हुन्।

त्यस्तै, दलिततर्फको सहमहामन्त्रीमा कोइराला प्यानलका जीवन परियार विजयी भएका छन्। प्रतिस्पर्धात्मक रुपमा परियारले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन्।

आदिवासी जनजाति क्लस्टरतर्फ देउवा प्यानलका भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। आङ्देम्बेले शेखर प्यानलका विकास लामालाई पराजित गरेका हुन्।

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भए। उनी देउवा प्यानलका हुन्। उनले प्रतिस्पर्धी देवराज चालिसेलाई पराजित गरेका हुन्।

त्यस्तै, मधेसी क्लस्टरतर्फ पनि देउवा प्यानलकै महेन्द्र यादव विजयी भएका छन्। उनले कोइराला प्यानलका रामकृष्ण यादवलाई पराजित गरेका हुन्।

यसैगरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर विजयी भएका छन्। उनी पनि देउवा समूहकै हुन्। उनले कोइराला प्यानलका शेख वकिललाई हराए।

थारूतर्फको क्लस्टरबाट कृष्णप्रसाद सिटौला टिमका उमाकान्त चौधरी निर्वाचित भए। उनी सिटौला टिमका भएपनि देउवा प्यानलबाट चुनाव लडेका थिए। उनले सुरेन्द्र प्रसाद चौधरी र तेजुलाल चौधरीलाई हराएका हुन्।

यता, पिछडिएको क्षेत्रतर्फ कोइराला प्यानलबाट उम्मेद्वार बनेका बद्री पाण्डे निर्वाचित भएका छन्। पाण्डे कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ