२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मुख्यमन्त्री शाहीले पदबाट राजीनामा नदिने’

३ पुष २०७८, शनिबार ०७:२७

पुस ३, काठमाडौँ | कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताउका छन्।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उनले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेसँग २७८ मतले पराजित भएका थिए।

सन्देशमा उनले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा शुभकामना दिएका छन्। पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा भएको जीत-हारलाई सामान्यरुपमा लिनुपर्ने उनको भनाइ छ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले राष्ट्रिय चुनावमा पिछडिएका क्षेत्रका पार्टी कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने ध्येयमा आफू रहेको उल्लेख गरे। उनले सन्देशमा भनेका छन्, ‘म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबुटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ