२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी प्रदेश २ को अधिवेशन किन भयाे स्थगित ?

२०७८, ३ पुष शनिबार १०:१२

पुस ३, काठमाडौँ | नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको छ । शनिबार सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र विवादका कारण स्थगित भएको हो ।

अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए । प्रायः जिल्लाबाट तोकिए भन्दा बढी प्रतिनिधि आएको हुनाले सो समस्या समाधान नहुन्जेलसम्मका लागि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको उनले बताए ।

यता अधिवेशनबाट २४१ सदस्यीय प्रदेश २ समिति बनाउने गृहकार्यमा जुटेको उनले बताए । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहनेछ भने प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार र विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मत अनुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको उनले बताए ।

भोलि हुने बन्दसत्रले २४१ सदस्यीय समिति चयन गर्नेछन् भने सो समितिको बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गरिने माओवादी केन्द्र प्रदेश समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते