२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान, एमसीसी मुख्य एजेण्डा

३ पुष २०७८, शनिबार ११:१६

पुस ३, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे बस्ने गरी सर्वदलीय बैठकको आह्वान गरेका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए।

बैठकमा संघीय संसदमा जारी अवरोध र एमसीसीबारे छलफल हुने बताइएको छ। एक मन्त्रीका अनुसार एमसीसीलाई संसदमा लैजाने विषयमा छलफल हुनेछ। ‘संसदमा जारी अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसदको एजेण्डा बनाउनेबारे सर्वदलीय बैठक बोलाउने कुरा भएको छ,’ ती मन्त्रीले भने।

संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ। त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसदमा दर्ता भएर बसेको छ। उक्त सम्झौता संसदबाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ। तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन। सर्वदलीय बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ