२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज सर्वदलीय बैठक बस्दै, यी एजेण्डमा हुँदैछ छलफल

४ पुष २०७८, आईतवार ०५:०९

पुस ४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज आइतबार सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।

सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे बस्नेछ। बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ। विगत लामो समयदेखि नेकपा एमालेले संसद अवरोध गर्दै आएकाले दुवै सदनका काम कारवाही प्रभावित हुँदै आएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध, एमसीसीलगायतका विषयमा सत्तागठबन्धनको बैठक बोलाउन आग्रह गरेलगत्तै देउवाले बैठक डाकेका हुन्। सत्ता गठबन्धनका सहयात्री नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा रहेका छन्।

यसैबिच, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित हुने भएको छ। प्रधानमन्त्रीले एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएको हुँदा एमाले उक्त बैठकमा सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। एमालेले माधव नेपाल लगायतका १४ सांसदलाई आफूले गरेको कारबाहीलाई सभामुख र सदनले मान्यता नदिएसम्म संसद बैठकमा सहभागि नहुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ