२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज सर्वदलीय बैठक बस्दै, यी एजेण्डमा हुँदैछ छलफल

२०७८, ४ पुष आईतवार ०५:०९

पुस ४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज आइतबार सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।

सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे बस्नेछ। बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ। विगत लामो समयदेखि नेकपा एमालेले संसद अवरोध गर्दै आएकाले दुवै सदनका काम कारवाही प्रभावित हुँदै आएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध, एमसीसीलगायतका विषयमा सत्तागठबन्धनको बैठक बोलाउन आग्रह गरेलगत्तै देउवाले बैठक डाकेका हुन्। सत्ता गठबन्धनका सहयात्री नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा रहेका छन्।

यसैबिच, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित हुने भएको छ। प्रधानमन्त्रीले एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएको हुँदा एमाले उक्त बैठकमा सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। एमालेले माधव नेपाल लगायतका १४ सांसदलाई आफूले गरेको कारबाहीलाई सभामुख र सदनले मान्यता नदिएसम्म संसद बैठकमा सहभागि नहुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन