२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सभापति देउवा समूहको बैठक सोमबार

४ पुष २०७८, आईतवार ०९:०९

पुस ४, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताहरूको बैठक बस्ने भएको छ। देउवानिकट एक नेताका अनुसार महाधिवेशनको समीक्षा गर्न र महाधिवेशनमा विभिन्न नेताको भूमिकाबारे चर्चा तथा परिचर्चा गर्न सोमबारका लागि बैठक बोलाइएको हो।

महाधिवेशनमा सभापतिमा देउवा निर्वाचित भए पनि उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा देउवाइतर पक्षको प्रभाव बढी देखिएको छ। महामन्त्रीमा त देउवा प्यानलका दुई उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल दुवैले पराजय भोगेका छन्।

महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित भएपछि देउवा समूहमा नै अन्तर्घातका कारण यस्तो भएको चर्चा चल्न थालेको छ।

‘देउवा प्यानलका मतदाताले पनि अरू प्यानलका लागि मत दिएको देखिएको छ,’ देउवानिकट ती नेताले भने, ‘अनि यसको कारण देउवानिकट मानिएकै नेताहरू भएको बताइएको छ।’

देउवा पक्षधर नेताहरूले ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण, एनपी साउदलगायतले महामन्त्रीको आकांक्षा गरेको तर टिकट नपाए पछि यसको विरोधमा उनीहरू नै लागेको निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ