२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सभापति देउवा समूहको बैठक सोमबार

२०७८, ४ पुष आईतवार ०९:०९

पुस ४, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताहरूको बैठक बस्ने भएको छ। देउवानिकट एक नेताका अनुसार महाधिवेशनको समीक्षा गर्न र महाधिवेशनमा विभिन्न नेताको भूमिकाबारे चर्चा तथा परिचर्चा गर्न सोमबारका लागि बैठक बोलाइएको हो।

महाधिवेशनमा सभापतिमा देउवा निर्वाचित भए पनि उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा देउवाइतर पक्षको प्रभाव बढी देखिएको छ। महामन्त्रीमा त देउवा प्यानलका दुई उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल दुवैले पराजय भोगेका छन्।

महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित भएपछि देउवा समूहमा नै अन्तर्घातका कारण यस्तो भएको चर्चा चल्न थालेको छ।

‘देउवा प्यानलका मतदाताले पनि अरू प्यानलका लागि मत दिएको देखिएको छ,’ देउवानिकट ती नेताले भने, ‘अनि यसको कारण देउवानिकट मानिएकै नेताहरू भएको बताइएको छ।’

देउवा पक्षधर नेताहरूले ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण, एनपी साउदलगायतले महामन्त्रीको आकांक्षा गरेको तर टिकट नपाए पछि यसको विरोधमा उनीहरू नै लागेको निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन