२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीकाे विधान संशोधन गरिँदै : पदाधिकारीकाे संख्या बढाउने तयारी

४ पुष २०७८, आईतवार १०:१७

पुस ४, काठमाडौँ | नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुष ११–१३ गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदासम्म माओवादीले पार्टीको केन्द्रीय पदाधिकारी कति हुने भन्ने टुंगो भने लगाइसकेको छैन ।

राष्ट्रिय सम्मेलनले नै पदाधिकारीको टुंगो लगाउने माओवादी संसदीय दलका प्रमुख सचेतक तथा स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । उनका अनुसार हाल विधानमा ५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ । जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ।

स्थायी कमिटी सदस्य लिलामणि पोखरेलका अनुसार माओवादीकाे विधान संशोधनको तयारी भइरहेको छ । बहुपदमा जाने र पदाधिकारीको संख्या ११–१५ सदस्यीय हुन सक्ने उनले बताए ।

माओवादीले विधान संशोधन गरेर प्रदेशमा पनि ९ सदस्यीय पदाधिकारी बनाएको छ । जस अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन उप–सचिव, एक कोषाध्यक्ष रहेका छन् । अब केन्द्रको पदाधिकारीको पनि विधान संशोधन गर्न लागेको उनले बताए।

तर केन्द्रमा कुन–कुन पद बनाइने भन्नेबारे टुंगाे लागिसकेकाे छैन । प्रदेशको व्यवस्थामा महासचिव थपिने र अरु पदमा पदाधिकारीको संख्या बढ्न सक्ने नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ