२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिटौलाको निवास पुगेर विश्वप्रकाशले लिए आशीर्वाद

४ पुष २०७८, आईतवार ११:०४

पुस ४, काठमाडौँ | नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ नेता कृष्णप्रसाद सिटौलालाई भेटेका छन्। सिटौला निवास चण्डोल पुगेर शर्माले आशीर्वाद लिएका हुन्। भेटमा सिटौलाले विगतका कुरा बिर्सेर अघि बढ्न शर्मालाई सुझाएका छन्।

‘हिजो जे-जे भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नु भन्नुभयो,’ नवनिर्वाचित शर्मानिकट एक नेताले भने, ‘महामन्त्री मात्रै होइन, त्योभन्दा माथिको जिम्मेवारीमा पुग्नु। देशकै नेतृत्व गर्ने ढंगले अघि बढ्नु मेरो शुभकामना छ।’

चण्डोलस्थित सिटौला निवासमा पुगेर शर्माले भेट गरेको तस्बिर आइतबार मात्रै सार्वजनिक भएको छ। महामन्त्री शर्माले आफू र नेता सिटौलाबीच शनिवार भेट भएको पुष्टि गरेका छन्। उनले शनिवार सिटौलासँगै प्रधानमन्त्री एवं नवनिर्वाचित सभापति शेरबहादुर देउवा, नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्का र नेता रामचन्द्र पौडेलसँग पनि भेट गरेको जानकारी दिए।

महामन्त्रीमा निर्वाचित भएकै दिन उनले नेता प्रकाशमान सिंहसँग चाक्सीवारिमा भेट गरेका थिए। यसअघि १४ महाधिवेशनमा सिटौलाले शर्मालाई असहयोग गरेको कुरा आएको थियो। सिटौलाले सभापति शेरबहादुर देउवासँग तालमेल गरेर प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेपछि शर्माले प्रकाशमान सिंहसँग मिलेर उम्मेदवारी दिएका थिए।

शर्मा र सिटौलाको गृह जिल्ला एउटै हो। दुवै जना झापाका हुन्। काँग्रेसको राजनीति सिटौला शर्माभन्दा निकै सिनियर हुन्। १२ औं महाधिवेशनबाट काँग्रेस महामन्त्री बनेका सिटौला १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए भने शर्मा यसपालि महामन्त्री निर्वाचित भएका छन्। एउटै जिल्लाका भए पनि सिटौला र शर्माबीचको सम्बन्ध सौहार्दपूर्ण थिएन। तर, निर्वाचित भएपछि शनिवार भेट्न पुगेपछि शर्मालाई सिटौलाले आशिर्वादसहित टीका र खादा लगाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ