२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाको बैठक बस्दै : यस्ता छन् कार्यसूची

६ पुष २०७८, मंगलवार ०४:३६

पुस ६, काठमाडौँ | प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले अध्यादेश अस्वीकार गर्नको लागि सूचना पेस गर्ने संसद् सचिवालयले जनाएको छ। संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सोमबार नै सार्वजनिक गरिसकेको छ। बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ। गएको मङ्गलवार बसेको बैठक एमालेको अवरोधका कारण आज बस्ने गरी स्थगित भएको थियो।

एमालेले आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गर्दै आएको छ। यसअघिको अधिवेशनमा पनि एमालेले अवरोध गरेको थियो। संसद्को अवरोध खुलाउन सत्तागठबन्धनले निरन्तर प्रयास गर्दै आएको छ। तर अहिलेसम्म सहमति जुटेको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ति सर्वदलीय बैठकमा संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्ष दल एमालेलाई आह्वान गर्नुभएको थियो। तर बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ