२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी अगाडी बढाउनु हाम्रो दायित्व हो : गृहमन्त्री खाँण

६ पुष २०७८, मंगलवार ०६:०२

पुस ६, काठमाडौँ | गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालकै प्रस्तावमा आएको बताएका छन्। नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आईपुगेका गृहमन्त्री खाँणले स्व. रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा नेपालको विकासको लागि नेपालकै प्रस्तावमा आएको एमसीसी सम्झौता पारित हुने बताएका हुन्।

उनले पूर्ववर्ती सरकारहरुकै पालोमा अघि बढेको र नेपालको विकासका लागि परियोजना बीच अघि नै सम्झौता भएकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए। उनले एमसीसीको बारेमा जनतामा केही भ्रम छरिएको बताए। उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ। यसमा अन्य कुनै भ्रम छैन्।’

नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको पनि उनले जानकारी गराए। उनले भने, ‘एमसीसीको परियोजना कुनै ऋण होइन, यो निःशर्त अनुदान हो, गठबन्धनको दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ।’ खाणले संसदमा कुनै पनि प्रस्ताव अगाडि लग्नुभन्दा पहिले सहमति र सहकार्य जरुरी रहेकोले सरकार सहज वातावरण तयारी गर्न लागेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ