१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको आठौँ महाधिवेशन: गोपाल किराती अध्यक्ष !

१२ पुष २०७८, सोमबार ०५:०६

पुस १२, काठमाडौँ | २०७५ फागुन १, २ र ३ गते भएको नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट गोपाल किराती माओवादी केन्द्रको अध्यक्ष चयन भएका थिए । तात्कालिन प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एमालेसँग मिसिन गएपछि 'एमालेमा बिलिन हुन गएको' भन्दै त्यसको निरन्तर बिरुद्धमा रहेका गोपाल किराती सहितको समूहले माओवादी केन्द्रलाई विधिवत रुपमै पुनर्जीवित गरेर आठौँ महाधिवेशन सम्पन्न गरेको थियो । 

किराती नेतृत्वको माओवादी केन्द्रको आठौँ महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । त्यस्तै १८ जनाको राजनीतिक परिषद र ६ जनाको पदाधिकारी चयन गरेको थियो । तात्कालिन किराती नेतृत्वको माओवादी केन्द्रले गरेको गतिबिधिहरु बिभिन्न संचार माध्यमका हेडीङ पनि भए । महाधिवेशन अघि बुटवलमा भएको बैठकले आठौँ महाधिवेशन बोलाउने निर्णय गरेको थियो । महाधिवेशन पुर्व तयारीको क्रममा महाधिवेशन आयोजक समितिमा ७०१ जना, पोलिटब्यूरोमा १७५ जना तथा ४३ जनाको केन्द्रीय सचिवालयको गठन समेत भएको थियो । त्यसपछि काठमाडौँमा तीन दिनसम्म चलेको महाधिवेशनमा सातै प्रदेशबाट प्रतिनिधिहरु सहभागी भई महाधिवेशन सम्पन्न भएको थियो । सोहि महाधिवेशनको निर्णय २०७५ चैत १ गते रिपोर्टर्स क्लबबाट पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो 


जब एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नाममा सर्वोच्चबाट मुद्दा फैशला भयो, तब ठूलो माछाले भुरा माछालाई सजिलै खान्छन् भन्ने जस्तै भयो । गोपाल किराती सहितको एमालेमा नगई माओवादी केन्द्रलाईनै जीवन दिएर बसेकाहरुलाई बाइपास गरियो । त्यसो त माओवादी केन्द्रलाई मर्न दिनु हुँदैन, एमालेमा बिलिन हुन जानु हुँदैन भनेर पार्टीलाई अघि बढाउदै आएकाहरुलाई प्रचण्ड नेतृत्वले कुनै स्थान समेत दिन उपयुक्त ठानेन । माओवादी टुक्रदै जाने सृंखला, प्रचण्ड इतरको निर्णय विरुद्ध जानेहरुलाई बाइपास गर्दै जाने निरन्तरता र कुनै बेला बलियो अवस्थामा रहेको पार्टीलाई कमजोर बनाउदै लैजाने काम यहाँनेर पनि दोहोरियो । 

सर्वोच्चको निर्णय अनुसार जाँदा पहिले प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र र ओली अध्यक्ष रहेको एमाले पुरानै अवस्थामा फर्किएका थिए, जसको प्रत्यक्ष प्रभाव किराती नेतृत्वको माओवादी केन्द्रलाई पनि पर्न गयो । पहिलेकै अवस्थामा फिर्ता हुनुपरेपछि त्यसपछिका गतिबिधि स्वत: खारेज गरिए । किरातीले माओवादी केन्द्रमा ल्याएका ठूलो समुह फेरी तितरबितर हुन पुगे । कोहि एमालेतिर गए कोहि अर्कै पार्टी खडा गरि गए । कोहि अझै पनि नेतृत्वको खोजीमै रुमल्लिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार