१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा सदस्य निर्वाचन: कर्णालीमा यस्तो छ मतभार

१९ पुष २०७८, सोमबार ११:०८

पुस १९, कर्णाली | राष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ भने मङ्गलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ । 

कर्णालीमा स्थानीय तहका प्रमुख/उपप्रमुख १५६ र प्रदेशसभाका ३५ गरी १९१ जना मतदाता छन् । प्रदेश निर्वाचन अधिकारी एवं सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले मङ्गलबार उम्मेदवारको मनोनयन दर्ता हुने बताउनुभयो । उहाँका अनुसार कर्णालीमा महिला एक, अन्य एक र अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरबाट एक गरी तीन सदस्यमा निर्वाचन हुँदैछन् । 

महिलाबाट कविता बोगटी (हुम्ला), अपाङ्गताबाट जीवन बुढा (कालीकोट) र अन्यबाट ठगेन्द्रप्रकाश पुरी (रुकुम पश्चिम) को पदावधि सकिँदैछ । दलहरुले उम्मेदवारी दिँदा सम्बन्धित क्लस्टरबाटै दिनुपर्नेछ । 

राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभाका सदस्यलाई मात्र छ । स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र) सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख/उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । 

माओवादी केन्द्रमा स्थानीय तहबाट ९३६ र प्रदेशसभाबाट ५७६ मत गरी एक हजार ५१२ मत छ । नेकपा(एमाले) का स्थानीय तहका प्रमुख/उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । स्थानीय तहबाट ८१० र प्रदेशसभाबाट ६२४ मत हुन आउछ । यो भनेको एमालेको कूल एक हजार ४३४ मत हो । 

नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख/उपप्रमुखको ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन् । स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार