माघ ४, चितवन | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताउनुभयो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, चितवन | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताउनुभयो "/>
१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति : उपसभापति गुरुङ

४ माघ २०७८, मंगलवार ११:२८

माघ ४, चितवन | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो,“सत्तारुढ दलहरुबीच सहमति भइसकेको छ । निर्णय हुन मात्रै बाँकी हो ।” निर्वाचनको विषयमा दुई चार दिनभित्रै निर्णय आउने उहाँको भनाइ छ । स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्म दलहरु गठबन्धन नगरी निर्वाचनमा जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वैचारीक कुरा गर्ने हो भने बहुलबादमा आधारित संसदीय पद्धतिमा आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जाने हो ।” 

उहाँले राजनीतिक दल आफ्नो एजेन्डा, दृष्टिकोण नीति तथा कार्यक्रम लिएर निर्वाचनमा जानुपर्छ भन्नुभयो । 

पार्टीभित्र फेरि समूहगत राजनीति चलेको भन्ने हल्ला निराधार रहेको उहाँको भनाइ छ । न्यायोचित व्यवस्थापनको कुरा पार्टीभित्र उठेको भन्दै उहाँले यो वा त्यो समूह भन्ने कुरा नभएको जिकिर गर्नुभयो । “निर्वाचनमा समूह हो अब होइन” उहाँले भन्नुभयो । निर्वाचनपछि सबैको साझा सभापति, पदाधिकारी र केन्द्रिय सदस्य रहेको उहाँको भनाइ थियो ।   

फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको सरकारले जनताको चाहना अनुसार खोपको व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । खोपसँगै अन्य काम पनि जनचाहना अनुसार गर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार