१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा सदस्य निर्वाचन : आयोगले जारी गर्‍यो २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड

६ माघ २०७८, बिहीबार १०:४१

माघ ६, काठमाडौँ | निर्वाचन आयोगले कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन स्वास्थ्थ्य मापदण्ड जारी गरेको छ  । 

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायत सबै सरोकारवालाले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड स्वीकृत गरी निम्नानुसार निर्देशनहरू जारी गरेको छ ।   

यस्ता छन् जारी गरिएका २१ बुँदे मापदण्ड :

१. राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिका, ०७६ बमोजिम मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने छ । 

२. मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका व्यक्तिले मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था गर्नु पर्नेछ ।

३. मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्रीसहित दुईजना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था हुनेछ । हेल्थ डेस्कको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नु पर्नेछ । 

४. मतदान स्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवम् मतदाताले मतदान स्थल वा केन्द्रमा आफ्नो जिम्मेवारीमा रहँदा आवश्यक सामाजिक दूरी कायम गर्नु पर्नेछ । 

५. पूर्ण खोप लगायतका कर्मचारी तथा सुरक्षाकर्मीलाई मात्र मतदान स्थल, मतदान केन्द्र र मतगणना स्थलमा खटाइनेछ । मतदान केन्द्र र मतगणना स्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक लगायत सबैले अनिवार्य रूपमा फेस शिल्ड, पञ्जा र मास्क लगाउनु पर्नेछ । 

६. मतदाताले मतपत्र प्राप्त गरी गोप्य कक्षमा गई मतदान गरिसकेपछि अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ । 

७. मतदान अधिकृतले समय समयमा मतदान केन्द्रमा मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरूको अनिवार्य रूपमा निसङ्क्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । 

८. मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि निसङ्क्रमण गर्ने र गणनाको लागि मतगणना स्थलमा लैजाने व्यवस्था गर्नु पर्नेछ । 

९. मतगणनाको लागि तयार गरिएको मतगणना स्थलमा मतपेटिका खोल्नु अघि अनिवार्य रूपमा निसङ्क्रमण गर्ने व्यवस्था गर्नु पर्नेछ । 

१०. मतदान स्थल र मतगणना स्थलमा अनावश्यक भिडभाड हुन नदिने र प्रवेशलाई कडाइका साथ नियन्त्रण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । 

११. मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्नु पर्नेछ। एम्बुलेन्सको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नु पर्नेछ ।

१२. राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सम्बन्धित प्रदेशभित्रका प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचक मण्डलका सदस्य हुने हुँदा निर्वाचन हुनु भन्दा ७२ घण्टा अघि निज मतदाताहरू पिसिआर परीक्षणको लागि कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न पुगेमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ।

१३. आयोगले निर्धारण गरेको यस मापदण्ड समेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थल तथा केन्द्रको अवस्था हेरी आवश्यकता अनुसार स्वास्थ्य सुरक्षा सम्बन्धी व्यवस्था गर्न सक्नेछ । 

१४. मतदान केन्द्रमा अनिवार्य रूपमा आवश्यक मात्रामा मास्क, स्यानिटाइजर, टिस्यु पेपर, साबुन पानी तथा फोहोर राख्ने टोकरीको व्यवस्था गर्नुपर्नेछ । 

१५. प्रत्येक मतदाता मतदान केन्द्रमा प्रवेश गर्नु अघि तापक्रम जाँच गर्नुपर्नेछ । तापक्रम जाँच गर्दा मतदान केन्द्रमा खटिने स्वास्थ्यकर्मीले प्रत्येक मतदातालाई पछिल्लो १४ दिन यता ज्वरो वा रुघाखोकी वा अन्य कोभिड–१९ को लक्षण देखिएको छ÷छैन बुझी मतदाताको उच्च तापक्रम देखिएमा र कोभिड १९ सङ्क्रमणको कुनै लक्षण देखिएमा छुट्टै व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।  

१६. मतपत्र दिने कर्मचारीले मतपत्रको अर्धकट्टीमा मतदातालाई हस्ताक्षर गराउँदा सकेसम्म मतदाताकै कलमबाट हस्ताक्षर गराउनुपर्नेछ । यदि उक्त मतदाताले ल्याप्चे लगाउने भएमा ल्याप्चे लगाइसकेपछि टिस्यु पेपरले हात सफा गरी उक्त टिस्यु पेपरलाई फोहोर टोकरीमा हाल्नुपर्नेछ र हातलाई स्यानिटाइजर प्रयोग गर्न अनुरोध गर्नुपर्नेछ । 

१७. बुँदा नं. १५ र १६ बमोजिमका मतदातालाई मतदान गर्न छुट्टै मतपेटिका राख्न आवश्यक देखिएमा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूबाट व्यवस्थापन गर्ने गरी निर्वाचन अधिकृतको स्वीकृतिमा मतदान अधिकृतले छुट्टै मतपेटीकाको व्यवस्था गरी मतदान गराउन सक्ने छन् । यसरी मतपेटिकाको व्यवस्था गरिएकोमा उक्त मतपेटिका छुट्टै राखी निसङ्क्रमण गरी अन्य मतपेटीकाको मतपत्रसँग मिसाई मतदानको गोपनियता अक्षुण राखी गणना गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।  

१८. मतगणना स्थलमा सामाजिक दुरी कायम हुने गरी मतगणना कार्य गर्न आवश्यक व्यवस्था मिलाउनुका साथै अनावश्यक भिडभाड हुन नदिन अनावश्यक प्रवेशमा रोक लगाउनु पर्नेछ ।  

१९. जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने ब्यवस्था मिलाउने ।

२०. कोभिड सङ्क्रमण पुष्टि भएको मतदाता मतदान गर्न आएमा त्यस्ता मतदातालाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखी अन्यको मतदानको कार्य केही समयका लागि स्थगित गरी हातमा पन्जा मास्क फेस शिल्ड लगाई मतदान गर्न लगाई निजहरूले प्रयोग गरेका मतदान स्थलमा सामाग्रीहरू निसङ्क्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारू गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

२१. आयोगले निर्धारण गरेको यस मापदण्ड समेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थल तथा केन्द्रको अवस्था अनुसार थप स्वास्थ्य सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक