२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाको चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न

२०७८, ९ माघ आईतवार ०८:५७

माघ ९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीले चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरेको छ । पार्टीले हालै प्रदेशस्तरीय भेलाका क्रममा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं २ हालै मधेस प्रदेश नामकरणमा राजनीतिक गतिविधि सञ्चालन गरको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

पछिल्लो समय बढदै गरेको कोराना सङ्क्रमणका कारण बाँकी तीन प्रदेशमा अहिलेलाई भेला तथा भीडभाड हुने राजनीतिक कार्यक्रम स्थगन गरेको पार्टीले स्थानीय तहको समयावधि सकिन लागेको अहिलेका अवस्थामा नयाँ निर्वाचनअगावै प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडास्तरसम्म सङ्गठन सुदृढीकरणका लागि योजना बनाएको थियो । 

गत मङ्सिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित कार्यसमितिले कोराना सङ्क्रमण न्यूनीकरण हुनेबित्तिकै भेला तथा सङ्गठन विस्तारका अभियान सञ्चालन गर्ने जनाएको छ । 

पार्टीले संसदीय समिति, निर्देशन समिति, योजना तथा अनुगमनलगायत समिति तथा ४० भन्दा बढी विभाग गठन गर्न बाँकी छ । पार्टीले विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन हालै निर्वाचन आयोगले दिएको सुझावमा नेता श्रेष्ठले भन्नुभयो, “कुन राजनीतिक दलले कुन सिद्धान्त अवलम्बन गर्ने भन्ने विषय नितान्त पार्टीको हुनुपर्छ, त्यो विचारलाई चुनावमा जनताले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्छन् ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन