१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

९ माघ २०७८, आईतवार ११:३२

माघ ९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले  यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।     

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा आज बसेको बैठकले पार्टीको विधानमा उल्लेखित झन्डाको मध्य भागमा गाई भएको भन्ने वाक्यांश हटाई अनुसूचीमा उल्लेख गर्न आयोगले दिएको पत्र संविधानको भावना र मर्म विपरीत रहेको ठहर गरेको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । पार्टीले उपयुक्त समयमा आयोगको पत्रको जवाफ दिने जनाइएको छ । 

त्यसैगरी, आयोगले सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्र संविधान प्रतिकूल रहेकाले संविधानको धारा, २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनकूल हुने गरी उल्लेख गर्न पत्र जारी गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार