गठबन्धन सरकारले एमाले पार्टी पंक्ति  र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गठबन्धन सरकारले एमाले पार्टी पंक्ति  र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना नेतालाई बद्‌नाम गर्न खोजेको एमाले रौतहटद्वारा अनिश्चितकालीन जिल्ला बन्द घोषणा

४ चैत्र २०७८, शुक्रबार ०८:०९

चैत ४, रौतहट । नेकपा एमाले रौतहटले आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका लागि जिल्ला बन्द गर्ने घोषणा गरेको छ ।

गठबन्धन सरकारले एमाले पार्टी पंक्ति  र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो । शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह’अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षड्यन्त्रको छानबिन गरी कारबाही गर्न गृहमन्त्रालय लगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका हुन् । 

गाडी दुर्घटनाको विषयमा अनावश्यक एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर जिल्लाको सिडियो र एसपी लगायतका प्रशासनले बद्‌नाम गरिरहेको अध्यक्ष साहको भनाइ छ । गाडी दुर्घटना हुँदा गाडीमा सवार चालक समातिँदासमेत उसलाई दोषी मान्ने र छानबिन गरी न्याय दिलाउनुको सट्टा प्रशासनले प्रभु साहको नाम जोडेर अनर्गल प्रचार गरेको अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ ।

केही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफी मागेको, अनावश्यक रुपमा साहका स्वकीय सचिव विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पंक्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताएका छन् ।

‘सवारी चालकले गुडाइरहेको गाडीबाट दुर्घटना भएको, चालक घटनास्थलबाटै तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदासमेत कांग्रेस गठबन्धनको ईशारामा जिप्रका र जि. प्रहरी कार्यालयको प्रमुखसमेत संलग्न रही यसरी हाम्रा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भई गरिएको षडयन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई उचित क्षतिपुर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने बद्‌नियतपूर्ण कार्यको घोर भर्त्सना गर्दछौँ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने