गठबन्धन सरकारले एमाले पार्टी पंक्ति  र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गठबन्धन सरकारले एमाले पार्टी पंक्ति  र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना नेतालाई बद्‌नाम गर्न खोजेको एमाले रौतहटद्वारा अनिश्चितकालीन जिल्ला बन्द घोषणा

४ चैत्र २०७८, शुक्रबार ०८:०९

चैत ४, रौतहट । नेकपा एमाले रौतहटले आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका लागि जिल्ला बन्द गर्ने घोषणा गरेको छ ।

गठबन्धन सरकारले एमाले पार्टी पंक्ति  र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो । शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह’अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षड्यन्त्रको छानबिन गरी कारबाही गर्न गृहमन्त्रालय लगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका हुन् । 

गाडी दुर्घटनाको विषयमा अनावश्यक एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर जिल्लाको सिडियो र एसपी लगायतका प्रशासनले बद्‌नाम गरिरहेको अध्यक्ष साहको भनाइ छ । गाडी दुर्घटना हुँदा गाडीमा सवार चालक समातिँदासमेत उसलाई दोषी मान्ने र छानबिन गरी न्याय दिलाउनुको सट्टा प्रशासनले प्रभु साहको नाम जोडेर अनर्गल प्रचार गरेको अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ ।

केही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफी मागेको, अनावश्यक रुपमा साहका स्वकीय सचिव विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पंक्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताएका छन् ।

‘सवारी चालकले गुडाइरहेको गाडीबाट दुर्घटना भएको, चालक घटनास्थलबाटै तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदासमेत कांग्रेस गठबन्धनको ईशारामा जिप्रका र जि. प्रहरी कार्यालयको प्रमुखसमेत संलग्न रही यसरी हाम्रा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भई गरिएको षडयन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई उचित क्षतिपुर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने बद्‌नियतपूर्ण कार्यको घोर भर्त्सना गर्दछौँ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार