आचार संहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आचार संहि"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आचार संहिताः सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन ?

४ चैत्र २०७८, शुक्रबार ०८:५९

चैत ४, काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी गरेको छ । सामाजिक सञ्जालले निर्वाचनलाई असर पुर्‍याउन सक्ने भन्दै आयोगले आचार संहितामा त्यसलाई प्राथमिकताका साथ समेटेको हो ।

आचार संहिता अनुसार निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा फेक साइट तथा अकाउन्ट बनाउन पाएने छैनन् । त्यस्तै सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नपाइने कुरा समेत उल्लेख छ ।

यसैगरी सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण तथा हेट स्पिच जस्ता भ्रामक टिक टिप्पणी गर्ने गराउने कार्यमा समेत आयोगले रोक लगाएको छ ।

यति मात्र होइन, कुनै प्रयोजनका लागि प्रकाशन तथा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा शेयर, लाइक वा कमेन्ट समेत गर्न पाइने छैन ।

आयोगले पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने आचार संहितामा समेत सामाजिक सञ्जाल सम्बन्धी व्यवस्था राखिएका छन् । जसअनुसार मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसार सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न पाइने छैन ।

यसैगरी संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने आयोगले जनाएको छ ।

यसैगरी सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले पनि त्यस्तो कार्य गर्न नहुने आचार संहितामा उल्लेख छ । यो नियम सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय तथा सो सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकमा समेत लागू हुनेछ ।

राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ सङ्गठनले अनलाइन वेब पेज, टिभी स्क्रोलिङबाट प्रचारप्रसार गर्न पाइने छैन ।

यसैगरी मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलका भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले सामाजिक सञ्जाल, अनलाइन, आदि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न गराउन नपाउने व्यवस्था समेत गरिएको छ ।

त्यस्तै मतदान केन्द्रमा मतदान गर्न जाँदा भ्रामक समाचार वा अफवाह फैलाउँदा समेत निर्वाचन आचार संहिता उलङ्घन मानिनेछ । साथै कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी तथ्यहीन सामग्री सम्प्रेषण गर्न नपाइने कुरा समेत आचार संहितामा उल्लेख छ ।

यति मात्र होइन पत्रकार तथा सञ्चार माध्यमले कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल आदिको माध्यमबाट कुनै सामग्री सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री समाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान