२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महिलाले नै महिला नेतृत्व जन्माउनुपर्छ : उपमेयर सत्याल

२०७८, २७ चैत्र आईतवार ०९:३४

चैत्र २७, ललितपुर | ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल गठबन्धन हुँदा महिला प्रतिनिधिको सहभागिता घट्छ कि भन्नेमा डर भएको बताएकी छन् । सत्यालले यो विषयमा पार्टीभित्र नेतृत्व तहमा नै लबिङ हुनुपर्ने बताइन् । रातोपाटीसँगको कुराकानीमा उनले निर्वाचनमा पुरुषलाई मात्र मेयर र उपमेयर उठाइदिने हो भने महिलाको कोटा कम हुने बताइन्  ।

उनले भनिन्, "जुनसुकै पार्टीले तालमेल गरेपनि महिलाको कोटा पुर्याउनै पर्छ । महिलाको कोटा पुगे नपुगेको निगरानी निर्वाचन आयोगले राख्नुपर्छ ।"संविधानले सुरक्षा गरेको महिला कोटामा गठबन्धनकै कारणले महिलाले नपाउने स्थिति सिर्जना हुन नुहने उनले बताइन् ।

महिलाले पारदर्शी, सुशासन र जवाफदेहिता सहित नेतृत्व हाँक्न सक्ने उनको दाबी थियो । उनले भनिन्– "हिजोका दिनमा महिलाले के गर्न सक्छन् भन्ने थियो तर महिलाले दोस्रो तहमा रहेर पनि कुशलतापूर्वक नेतृत्व गर्न सक्ने देखाइसकेका छन्, अब महिलाले चुनाव जित्दैनन् कि भनेर पार्टी नपत्याउने अवस्था छैन ।" 

आगामी चुनावमा पनि आफ्नो दाबी नगर प्रमुख नै रहने उनले बताइन् । "अब महानगरपालिका कसरी सञ्चालन गर्ने भन्ने कुरा ज्ञानको हासिल भएको छ । हिजो महिलालाई राजनीतिमा ल्याउन धेरै चुनौती थियो । आज त्यो चुनौती अवसरका रुपमा परिणत भएको छ । अब प्रमुखमा ३३ प्रतिशत महिला आउनुपर्छ र त्यसमा आफू पर्छु भन्ने विश्वास छ।" गठबन्धनको विषयमा केन्द्रको निर्णयलाई समर्थन गर्ने बताउँदै उनले भनिन्, "केन्द्रको निर्णयलाई मान्छु तर मेरो क्षेत्रको हकमा काँग्रेसले कसैसँग गठबन्धन नगरेपनि चुनाव जित्छ भन्ने कुरामा ढुक्क छु ।"

समग्रमा पाँचवर्षे कार्यकाल एक सिकाइको रुपमा रहेको उनको भनाइ छ  । सत्यालले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ४७ (१) र (२) ले दिएका अधिकार र कर्तव्यमा रहेर काम गरेको सुनाइन् । न्याय निरुपणमा मेलमिलापको विषयलाई जोड दिएर काम गरेको बताउँदै उनले सम्बन्धविच्छेदका मुद्दा, जमिन मुनिको पानी उत्खनन गरेर बिक्री वितरण गरेको विषय र लिभिङ टुगेदर जस्ता मुद्दामा आफुले काम गरेको बताइन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा