१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महिलाले नै महिला नेतृत्व जन्माउनुपर्छ : उपमेयर सत्याल

२७ चैत्र २०७८, आईतवार ०९:३४

चैत्र २७, ललितपुर | ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल गठबन्धन हुँदा महिला प्रतिनिधिको सहभागिता घट्छ कि भन्नेमा डर भएको बताएकी छन् । सत्यालले यो विषयमा पार्टीभित्र नेतृत्व तहमा नै लबिङ हुनुपर्ने बताइन् । रातोपाटीसँगको कुराकानीमा उनले निर्वाचनमा पुरुषलाई मात्र मेयर र उपमेयर उठाइदिने हो भने महिलाको कोटा कम हुने बताइन्  ।

उनले भनिन्, "जुनसुकै पार्टीले तालमेल गरेपनि महिलाको कोटा पुर्याउनै पर्छ । महिलाको कोटा पुगे नपुगेको निगरानी निर्वाचन आयोगले राख्नुपर्छ ।"संविधानले सुरक्षा गरेको महिला कोटामा गठबन्धनकै कारणले महिलाले नपाउने स्थिति सिर्जना हुन नुहने उनले बताइन् ।

महिलाले पारदर्शी, सुशासन र जवाफदेहिता सहित नेतृत्व हाँक्न सक्ने उनको दाबी थियो । उनले भनिन्– "हिजोका दिनमा महिलाले के गर्न सक्छन् भन्ने थियो तर महिलाले दोस्रो तहमा रहेर पनि कुशलतापूर्वक नेतृत्व गर्न सक्ने देखाइसकेका छन्, अब महिलाले चुनाव जित्दैनन् कि भनेर पार्टी नपत्याउने अवस्था छैन ।" 

आगामी चुनावमा पनि आफ्नो दाबी नगर प्रमुख नै रहने उनले बताइन् । "अब महानगरपालिका कसरी सञ्चालन गर्ने भन्ने कुरा ज्ञानको हासिल भएको छ । हिजो महिलालाई राजनीतिमा ल्याउन धेरै चुनौती थियो । आज त्यो चुनौती अवसरका रुपमा परिणत भएको छ । अब प्रमुखमा ३३ प्रतिशत महिला आउनुपर्छ र त्यसमा आफू पर्छु भन्ने विश्वास छ।" गठबन्धनको विषयमा केन्द्रको निर्णयलाई समर्थन गर्ने बताउँदै उनले भनिन्, "केन्द्रको निर्णयलाई मान्छु तर मेरो क्षेत्रको हकमा काँग्रेसले कसैसँग गठबन्धन नगरेपनि चुनाव जित्छ भन्ने कुरामा ढुक्क छु ।"

समग्रमा पाँचवर्षे कार्यकाल एक सिकाइको रुपमा रहेको उनको भनाइ छ  । सत्यालले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ४७ (१) र (२) ले दिएका अधिकार र कर्तव्यमा रहेर काम गरेको सुनाइन् । न्याय निरुपणमा मेलमिलापको विषयलाई जोड दिएर काम गरेको बताउँदै उनले सम्बन्धविच्छेदका मुद्दा, जमिन मुनिको पानी उत्खनन गरेर बिक्री वितरण गरेको विषय र लिभिङ टुगेदर जस्ता मुद्दामा आफुले काम गरेको बताइन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार