२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिबासका पाँच वडा अध्यक्षमा कांग्रेसले छान्यो उम्मेदवार

२०७८, २७ चैत्र आईतवार १०:२२

चैत्र २७, महोत्तरी | राजनीति दलहरू चुनावी तालमेल र गठबन्धनका बिषयमा स्पष्ट बन्न नसक्दा महोत्तरीका स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया अन्योल बनेको छ । 

गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयले स्थानीय राजनीति दलका नेता कार्यकर्ताहरूबीचमा व्यापक मतभेद हुँदा प्रचारप्रचार अभियान समेत अघि बढ्न सकेको छैन ।

विशेषगरी नेपाली कांग्रेसभित्र महोत्तरीमा गठबन्धन गर्ने र नगर्ने भन्ने बिषयमा पक्ष र विपक्षमा बहस चलिरहेको छ । कतिपय पालिकाले त गठबन्धन नगर्ने निर्णय गर्दै प्रदेश र केन्द्रलाई पत्र समेत पठाइसकेका छन् । 

सनिवार नेपाली कांग्रेस बर्दिबास नगरपालिकाले गठबन्धन गर्न नसकिने निर्णय गरेको थियो । गठबन्धन गर्दा सिङ्गो नेपाली कांग्रेसका नेता कार्यकर्ताको मनोबल घट्ने भन्दै गठबन्धन अस्वीकार गर्ने उनीहरूको निर्णय थियो ।

यसैबीच बर्दिबास नगरपालिकाका पाँच वडामा कांग्रेसले वडा अध्यक्षमा उम्मेदवारको छानेको जनाएको छ । 

बर्दिबास–३ बाट यज्ञप्रसाद ढुङ्गेल, वडा नम्बर १ बाट भोला खड्का, वडा नम्बर ७ बाट भोरिल यादव, वडा नम्बर ८ बाट जीवन लामा र वडा नम्बर २ बाट चोलाराज प्याकुरेल सर्वसम्मतबाट छानिएका छन् ।

माओवादी केन्द्र र नेकपा एस स्पष्टरूपमा गठबन्धनको पक्षमा देखिए पनि कांग्रेसभित्र देखिएको विवादले उम्मेदवार छान्न समस्या बनेको छ । माओवादी केन्द्रले पनि उम्मेदवार छान्ने प्रक्रियालाई जसरी अगाडि बढाउनुपर्ने हो त्यसरी हुन सकेको छैन । अहिलेसम्म बर्दिबास वडा नम्बर १० र ११ मा मात्र उम्मेदवार टुंग्याइएको जिल्ला इन्चार्ज राजु खड्काले जानकारी दिए ।

वडा नम्बर १० बिनोद श्रेष्ठ र ११ मा गोपाल लामा छानिएको माओवादी केन्द्रले जनाएको छ ।

नेकपा एस र माओवादी केन्द्र चुनावी गठबन्धनमा अडिग रहे पनि नेकपा एमाले, नेपाली कांग्रेस र मधेशवादी दलहरू भने अझै  आन्तरिक गृहकार्यमा व्यस्त छन् ।

अघिल्लो निर्वाचनमा मधेशवादी दलहरू यहाँका स्थानीय तहमा बलिया देखिएका थिए । १५ पालिकामध्ये नौ पालिकामा मधेशवादी दलले बर्चस्व कायम गरेका थिए ।

तर, पछिल्लो राजनैतिक घटनाक्रमले मधेशवादी दलहरू छिन्नभिन्न भएका छन् । अहिले मदेशवादी कुनै पनि दल एक्लै चुनाव लड्न सक्ने अवस्थामा छैनन् । 

माओवादी केन्द्र भने तालमेल गर्नैपर्ने मनस्थितिमा छ । सत्ता गठबन्धनमा समीकरण भएअनुसार नै कांग्रेस, नेकपा एस र माओवादी केन्द्र चुनावी तालमेल पछिसम्मै रहने बताउँदै आएका छन् ।

बर्दिबास नगरपालिकामा कांग्रेसका नेता चिरन्जीवी हमाल र प्रल्हाद क्षेत्रीबीच कसले टिकट लिने भन्ने बिषयले चर्चा पाएको छ । नेता हमाल र क्षेत्रीको पक्षमा लविङ्ग गर्ने नेता कार्यकर्ता यतिबेला पक्ष विपक्षमा बिभाजन भएका छन् । नेता क्षेत्रीले टिकट नपाए कतिपय कार्यकर्ताले पार्टी नै छाड्नेसम्मको चेतावनी दिएका छन् भने हमाल पक्षधरहरूको लबिङ्ग पनि नेता क्षेत्री पक्षको भन्दा कम छैन ।

महोत्तरीका नेता चिरन्जीवी हमाल, जिल्ला सभपति नागेश्वर यादवलगायत नेताहरू भने गठबन्धनको पक्षमा छन् । 

नेता क्षेत्रीले त बर्दिबास नगरपालिकामा गठबन्धनको कुनै औचित्य नभएको प्रष्ट बताइसकेका छन् । चुनावी तालमेल गर्दा पनि नेताहरूमा मत बिभाजन हुँदा गठबन्धनको विषयमा कतिपय पालिकामा अन्योल सिर्जना भएको छ ।

उम्मेदवार छान्नमै विवाद भएकाले जिल्लामा चुनावी प्रचारप्रसार समेत सुस्त बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा