१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका कांग्रेस नेताहरूलाई के भने सभापति देउवाले ?

२७ चैत्र २०७८, आईतवार १०:४५

चैत्र २७, महोत्तरी | आगामी स्थानीय तह निर्वाचनमा महोत्तरीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अलमल सिर्जना भएपछि केन्द्रमा पुगेका नेपाली कांग्रेसका नेताहरू छलफल गरेर काठमाडौंबाट गृहजिल्ला फर्किएका छन् ।

नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, पूर्व महासमिति सदस्य चिरन्जीवी हमाललगायतका नेताहरू छलफलपछि आज जिल्ला फर्किने क्रममा छन् ।

१५ वटै स्थानीय तहका सभापति, नेता, कार्यकर्ताहरूसँगको छलफलपछि केन्द्र पुगेका नेताहरूले जिल्लाका केही पालिकाहरू गठबन्धनको विपक्षमा रहेको रिपोर्ट गरेका थिए ।

केन्द्रमा शशांक कोइराला, शेरबहादुर देउवा, पुर्णबहादुर खड्का लगायतका नेताहरूसँग गठबन्धनको विषयमा छलफल भएको सभापति यादवले जानकारी दिए ।

जिल्लाका केही पालिकाहरूले गठबन्धन नगर्ने सम्बन्धमा निर्णय गरे पनि पार्टीको नेतृत्व तह भने गठबन्धन गर्नुपर्ने पक्षमा रहेको सभापति यादवको भनाइ छ ।"हामीले रिपोर्ट गरेपछि छलफल भइरहेको छ गठबन्धन त हुन्छ नै तर, कसरी र कुन मोडालिटीमा जाने भन्ने बिषयमा निश्कर्ष निक्लेको छैन ।"सभापति यादवले भने ।

नेता चिरन्जीवी हमालले पनि पार्टी गठबन्धन कै पक्षमा रहेको बताए ।  "गठबन्धन गर्नु भन्ने निर्देशन हुदाहुदै हामी त्यसलाई नकार्न पनि त सक्दैनौँ,’ हमालले भने ।

हिजैमात्र गठबन्धन नगर्ने निर्णय गरेका बर्दिबास कांग्रेसमा पनि अलमल सिर्जना भएको छ । शीर्ष नेताहरूलाई भेटघाट गरेर फर्किएका नेताहरूले गठबन्धन हुने संकेत गरेपछि स्थानीय नेता कार्यकर्तामा पुनः निराशा देखिएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल