१६ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

त्रिपक्षीय वार्ताको लागि प्रहरी निरीक्षक पुन नेतृत्वको टोली अदानचुलीमा

२७ चैत्र २०७८, आईतवार १३:५८

चैत्र २७, सिमकोट | शनिबार मध्यान्न १ बजे भएको दुई पक्षीय घटना मिलाउन प्रहरी निरीक्षक दामु पुन नेतृत्वको प्रहरीको टोली जिल्ला सदर मुकाम सिमकोटबाट हेलिकोप्टरमा अदानचुली गाउँपालिकाको श्रीनगर पुगेको छ ।

हुम्ला जिल्लाको तल्लो भेग अदानचुली गाउँपालिका फडेरा गाउँमा भएको विवादलाई लिएर प्रमुख जिल्ला अधिकारी सीता परियारको समन्वयमा दुई राजनीति दल नेकपा एमाले र माओवादी केन्द्रका जिल्लास्तरिय नेतासँग भएको सहमति अनुसार प्रहरी निरीक्षक पुन नेतृत्वको टोली श्रीनगरमा पुगेको हो ।

अदानचुलिमा आपसी विवादमा संलग्न भएका दलसँगको बैठकले गरेको निर्णय अनुसार प्रहरी निरीक्षक पुन नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली श्रीनगर पुगेको छ ।

टोलीमा सशस्त्र प्रहरी निरीक्षक रमेश सारु र १२ जना प्रहरी सहभागी छन् । शनिबार बेलुका प्रजिअ परियारको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा एमाले र माओवादी केन्द्रका नेताबीच बैठक बसेर प्रहरी निरीक्षकको नेतृत्वमा टोली श्रीनगर पुगेर विवाद समाधान गर्ने सहमति भएको थियो ।

शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताहरूले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको भन्दै माओवादी कार्यकर्ताले शनिबार दिउँसो अध्यक्ष फडेराको घरमा ढुंगामुढाका प्रहार गर्नुका साथै घर घरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ बुधबारको विनिमयदर मौसम :तराईमा हुस्सु, कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना चन्द्रागिरी–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप चीनका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताले यी १२ शर्त पूरा नगरे १ करोडसम्म जरिवाना क्यानडा पठाइदिन्छु भन्दै अनलाइनमार्फत ६६ लाख ठगी, भारतीयसहित ५ जना पक्राउ आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता, शुक्रबार थुनछेक ‘एक्टर टेक वान’ को रिलिज २२ गतेसम्म रोक्न अदालतको अल्पकालीन आदेश आफूमाथिको आरोप पुष्टि गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती धरौटी बदर गर्न माग गर्दै रविले दिएको निवेदनमा कैफियत प्रतिवेदन माग्‍ने आदेश भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु साँगाको झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल फेला, ७ जनाविरुद्ध जाहेरी राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय आशिका तामाङमाथिको ज्यादती बन्द गर : सोविता गौतम मन्त्रिपरिषद् बैठक जारी काठमाडौंबाट धनुषा आइरहेको बसमा एक यात्रु मृत फेला अमेरिकामा सोमबार मात्रै १७ सय ४९ अवैध आप्रवासी पक्राउ