मानविय कारणले प्रदुषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले वीस बर्षे "एक्सन प्लान" बनाउन लागेको हो ।

यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मानविय कारणले प्रदुषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले वीस बर्षे "एक्सन प्लान" बनाउन लागेको हो ।

यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्द"/>

१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमती नदीको २० बर्षे ‘एक्सन प्लान’ बन्दै, २० किमी नदी सौन्दर्यीकरण यसै बर्ष सकिने

२८ चैत्र २०७८, सोमबार ०४:३६

चैत्र २८, काठमाडौं | बागमती नदीलाई व्यवस्थित बनाउन वीस बर्षे "एक्सन प्लान" बन्ने भएको छ ।

मानविय कारणले प्रदुषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले वीस बर्षे "एक्सन प्लान" बनाउन लागेको हो ।

यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदुषित भएको नदीलाई सफा र ढलमुक्त बनाउन एक्सन प्लान निर्माण प्रक्रिया अघि बढेको छ ।

बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उदेश्यसहित सुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वीस बर्षभित्र नदीलाई पुरानै अवस्थामा फर्काउने योजनासहित काम अघि बढाउने नीति लिएको छ ।

नदीलाई सफा बनाउन ५ जेठ २०७७ देखि निरन्तर रुपमा बागमती सरसफाईको अभियान सञ्चालन भइरहेको छ । बागमती नदी सरसफाई अभियान ४६६ औ हप्ता पुरा गरेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलल े नदीको संरक्षर र विकास गर्ने उदेश्यसहित वीस बर्षे कार्ययोजना (एक्सन प्लान) तयार पर्ने कामलाई अघि बढाएको बताए । उनका अनुसार एक्सन प्लान यस आर्थिक बर्षभित्र नै तयार भएर आगामी आर्थिक बर्षबाट कार्यान्वयमा जानेछ एक्सन प्लानबाट हालसम्मको उपलब्धी र भावी कार्यदिशा तय गरेर काम गर्ने योजना बनाएको बताउदै प्याकुरेलले सरकार दातृ निकायको सहयोगबाट नदीको सौन्दर्यकरणसँगै पूर्वाधार निर्माणको काम भइरहेको बताए ।

'प्रत्येक बर्ष आवश्यक बजेट प्राप्त हुन नसक्दा लक्ष्य अनुसारको काम हुन सकेको छैन’, उनले भने,‘कोरिडोर निर्माण, ढल निकास र सौन्दर्यकरणको काम भने सन्तोषजक रुपमा छन, बाँकी कामलाई पनि योजनाबद्ध रुपमा अघि बढाउँछौं ।’ प्लानमा नदीको मापदण्ड कायम गर्ने, वहाव क्षेत्र निर्धारण गर्ने,नदीको स्वच्छता बढाउन थप ढल प्रशोधन निर्माणको काम अगाडि बढाउने विषय समावेश गरिने भएको छ ।

समितिले सुन्दरीजलदेखि गुहेश्वरीसम्मको क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम गरिरहेको बताएको छ । नदीको स्वच्छता कायम गर्न धाप ड्याम निर्माणको काम सम्पन्न गरेको समितिले यस बर्षबाट बर्षाको समयमा पानी संकलन गर्ने भएको छ ।

समिति मार्फत बागमती नदी र यसका सहायक नदीहरुमा गरी ६२ किलोमिटर नदी नियन्त्रण, ५३ किलोमिटर कोरिडोर सडक र ९० किलोमिटर ढलको पाइन विछ्याउने काम सम्पन्न भएको छ । जस अन्तर्गत बागमती नदीमा मात्र दायाँबायाँ १६/१६ किलोमिटर गरी ३२ किलोमिटर क्षेत्रमा ढल विछ्याउने काम सम्पन्न भएको छ भने गोकर्णदेखि गेहेश्वरीसम्म सात किलोमिटर क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम भएको समितिले जनाएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले काठमाडौं उपत्यकामा बढदा ट्राफिक जाम घटाउने गरी बागमती नदीसहित अन्य सहायक खोलामा कोरिडोर निर्माणको कामलाई तीब्रता दिएको बताए ।

समितिले निजी क्षेत्रेसहितको सहभागीता नदी किनारामा ३१ वटा हरियाली प्रबद्र्धन तथा उद्यानहरु निर्माण गर्नुको साथै सरकार र एसियाली विकास बैंकको लगानीमा बागमती नदीमा २ वटा प्याकेजमा करिब २० किलोमिटर क्षेत्रमा नदी सौन्दर्यकरणको काम यसै बर्षभित्र सम्पन्न गर्ने बताएको छ ।

हाल गोकर्णदेखि गुहेश्वरी, तिलगंगा क्षेत्र, युएनपार्कदेखि बल्खु पुलसम्मको क्षेत्रमा नदी सौन्दर्यकरणको काम भइरहेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकाका प्रवक्ता कमल अर्यालले बागमती नदी क्षेत्रमा अधिकाशं स्थानमा कोरिडार निर्माणको काम सम्पन्न भएको बताए । नदी किनारामा रहेको अस्थायी बसोबासको कारण केही क्षेत्रमा कोरिडोर निर्माणको काम हुन नसकेको बताउदै उनले नदीको मुहान बाग्द्धारदेखि चोभारसम्म ४४ किलोमिटर क्षेत्रफलमा फैलिएको बताए । उनका अनुसार समिति स्थापना भएको २७ बर्षको अवधिमा हालसम्म नदीको संरक्षण र विकासमा १५ अर्ब रुपमा खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल