2026-06-16 05:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रश्नकर्ता पत्रकारलाई ओलीको प्रश्न– तपाईं माओवादी हो ?

वैशाख २५, काठमाडौ | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई ‘माओवादी हो ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । 

आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकारलाई उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति जस्ताको त्यस्तै भन्न नसकेको भन्दै ‘तपाईं माओवादी हो ?’ भनी प्रश्न गरे ।

पत्रकारले ओलीलाई ‘प्रचण्डले चितवन पुगेर गठबन्धन १५/२० वर्षसम्म जान्छ भनेपछि तपाईं त्यसबाट अत्तालिएर विष वमन गर्नुभएको हो ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले विष वमन गर्ने काम गठबन्धनको भएको बताए ।

“प्रचण्डले चितवन पुगेर गठबन्धन १५/२० वर्षसम्म जान्छ भनिरहँदा, माहोल गठबन्धनको पक्षमा छ भनिरहँदा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अत्तालिएको, गम्भीर प्रकृतिको परिस्थित सिर्जना भएको कारणले गर्दा विष वमन त गरिरहनुभएको छैन ?,” एक पत्रकारको प्रश्न थियो ।

जवाफमा ओलीले ‘विष वमन भनेको के हो ?’ भन्दै प्रतिप्रश्न गरे । उनले भने, “गठबन्धनको मैले ठिक ढंगले आलोचना गरिरहेको छु, त्यसलाई विष वमन भनिँदैन । विष वमन भनेका झुटा, नचाहिँदा कुरा, बकवास गर्ने मानिसको कुरालाई भनिन्छ । विष भित्र छ, बाहिर त्यसलाई ओकल्ने कुरालाई विष वमन भनिन्छ । न हामीभित्र विष छ न हामी वमन गर्नुपर्ने अवस्थामा छौँ । त्यसकारण यो गठबन्धनको काम हो । गठबन्धनको कुरा कता तपाईंले एमालेतिर ल्याउनुभयो । विष वमन गर्ने कामको ठेकेदारी गठबन्धनको हो । गठबन्धनको नेताहरूको हो ।”

ओलीले थपे, “अनि, अर्को तपाईंलाई भनौँ, उहाँले भनेको कुरा अलि जस्ताको त्यस्तै भन्नु भएन । तपाईं माओवादी हो ?”

ओलीले जनताले भयरहित वातावरणमा निर्वाचनमा भाग लिन पाउनुपर्ने भन्दै ‘गठबन्धनको हर्ताकर्ता नेताले गठबन्धनमा भोट नहाले देश दुर्घटनामा जान्छ भन्दै धमक्याएर, तर्साएर दुःख दिन पाइन्छ ?’ भन्दै प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई