भदौ १६, रुकुम । स्थानीय तह पुनर्संचरना गर्दा रुकुममा ६ वटा गाउँपालिका अप्राप्त हुने भन्दै नेपाली काँग्रेस रुकुमले ११ वटा वनाउन माग गरेको छ । 

जिल्ला कार्य समिति बैठकले रुकुममा स्थानीय तह पुनर्संचरना आयोगले ६ वटा मात्र गाउँपालिका बनाउन भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, रुकुम । स्थानीय तह पुनर्संचरना गर्दा रुकुममा ६ वटा गाउँपालिका अप्राप्त हुने भन्दै नेपाली काँग्रेस रुकुमले ११ वटा वनाउन माग गरेको छ । 

जिल्ला कार्य समिति बैठकले रुकुममा स्थानीय तह पुनर्संचरना आयोगले ६ वटा मात्र गाउँपालिका बनाउन भ"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा ११ गाउँपालिका बनाउन काँग्रेसको माग

१६ भाद्र २०७३, बिहीबार १०:३९

भदौ १६, रुकुम । स्थानीय तह पुनर्संचरना गर्दा रुकुममा ६ वटा गाउँपालिका अप्राप्त हुने भन्दै नेपाली काँग्रेस रुकुमले ११ वटा वनाउन माग गरेको छ । 

जिल्ला कार्य समिति बैठकले रुकुममा स्थानीय तह पुनर्संचरना आयोगले ६ वटा मात्र गाउँपालिका बनाउन भने पनि त्यो अप्राप्त हुने भएकाले ११ वटा गाउँपालिका बनाउनु पर्ने अवधारणा सार्वजनिक गरेको हो । 

२ दिन सम्म मुसिकोट खलंगामा बसेको बैठकले अहिले रुकुममा रहेका ११ वटा इलाकाहरुलाई नै गाउँपालिका बनाउनुपर्ने माग गरेको हो । जनतालाई सहजरुपमा सेवा दिन अहिलेको भन्दा पनि टाढा हुन नदिन र सबैलाई संघियताको अनुभुति गराउन अहिलेका इलाकालाई नै गाउँपालिका बनाउनुपर्ने निर्णय गरेको काँग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले बताउनुभयो । 

६ वटा मात्र गाउँपालिका बनाउँदा स्थानीय स्तरमा एक आपसमा चर्काे विवाद हुनुका साथै अहिले भोगचलन गरीरहेको वनजङगल, खानेपानी, सिंचाई लगायतमा समेत विवाद हुने र स्थानीय स्तरमा सेवा लिनको लागि पनि समस्या हुने भएकाले ईलाकाहरुलाई नै गाउँपालिका बनाउँदा सर्वसाधारणलाई सेवा पाउन सहज हुनुका साथै विवाद नहुने र सहमति हुन पनि कुनै समस्या नहुने काँग्रेसको ठहर छ ।

बैठकमा २ वटै निर्वाचन क्षेत्र, ईलाका तथा गाउँ स्तरमा पार्टीको अवस्थाको बारेमा जिल्ला सदस्य तथा क्षेत्रिय सदस्यहरुले धारणा राखेका थिए । 

सभापति प्रेमप्रकाश ओलीको अध्यक्षतामा भएको वैठकमा पूर्व राज्य मन्त्री गोपालजिङ्ग शाह, पूर्व सहायक मन्त्री केशरमान रोका, पूर्व जिल्ला सभापति मानबहादुर नेपाली, महासमिति सदस्य कृष्णबहादुर रोकाय लगायतका नेताहरुले समसामुहिक राजनीतिक अवस्था र पार्टीले अबका दिनमा खेल्नुपर्ने भुमिका लगायतका बारेमा धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव