२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जुम्लाको चन्दननाथमा दलीय उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारको चुनौती

२०७९, २७ बैशाख मंगलवार ०५:५१

वैशाख २७, जुम्ला | जुम्लाको चन्दननाथ नगरपालिकाका दलीय उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । ३० वैशाखमा हुने निर्वाचन सबैभन्दा रोचक प्रतिस्पर्धा चन्दननाथ नगरपालिकामा हुने देखिएको छ ।  २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादीले जित हात पारेको थियो । यसपटक नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारले चुनौती दिने देखिएकाे हाे । 

कांग्रेसका राजुसिंह कठायतले नगरप्रमुखको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा आएका छन् । कठायतलाई एकीकृत समाजवादी पार्टी र राप्रपाको पनि समर्थन छ ।  जसमा समाजवादीले नगरप्रमुख पदमा उठाएका जयलक्ष्मी चौलागाईंलाई उम्मेदवार फिर्ता लिन लगाएको थियो  भने राप्रपाका पूर्णसिंह कठायतले आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार कठायतलाई समर्थन गरिसकेका छन् । 

एकीकृत समाजवादीका नगर उपप्रमुखका उम्मेदवार भीम थापालाई स्वतन्त्र उम्मेदवार कठायत र राप्रपाले समर्थन गरेर चुनावी गठबन्धन गरिएको छ ।  अघिल्लो निर्वाचनमा नगरपालिकामा नगरप्रमुख जित्न सफल  कांग्रेसले भने यसपटक नगरप्रमुखमा पदमबहादुर शाही र नगरउपप्रमुखमा रामदेवी खड्कालाई उम्मेदवार बनाएर चुनावी मौदान उतारेकाे छ ।

माओवादीले युवा नेता जीवनबहादुर बुढ्थापालाई नगरप्रमुखमा र नगर उपप्रमुखमा पूर्णिमा विक (रचना) लाई उम्मेदवार बनाएको छ । 

स्वतन्त्र नगरप्रमुखका उम्मेदवार कठायत लामो समय निर्माण व्यवसायी क्षेत्रमा काम गर्दै कांग्रेसको राजनीति छिरेका थिए ।  उनलाई २०७४ सालको निर्वाचनमा कांग्रेस जुम्लाले नगरप्रमुखको टिकट दिने निर्णय गरेको थियो  । तर, केन्द्रले कान्तिका सेजुवालको नाममा टिकट पठाएपछि  कठायत पक्षले त्यसबेला पनि पार्टी सभापति शेरबहादुर देउवाको समेत पुत्ला दहन गरिएको थियो ।  कठायतले अन्तत: सेजुवाललाई समर्थन गर्दै नेपाली कांग्रेसले नगरप्रमुख विजय हात पारेको थियो । 

राजुसिंह कठायतलाई भने संसदीय निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश सभा (क) को उम्मेदवार बनाएको थियो । तर, प्रदेशसभा निर्वाचनमा माओवादीका बलिया नेता नरेश भण्डारीसँग उनी पराजित भएका थिए । जुम्लामा तत्कालीन समयमा संसदीय निर्वाचनमा माओवादी एमालेको गठबन्धन र अर्को माओवादी जुम्लामा बलियो भएकाले कठायत पराजित भएका हुन् । अहिले कांग्रेसले आफूलाई टिकट नदिएको भन्दै स्वतन्त्र रूपमा एकीकृत समाजवादी र राप्रपाको साथमा मैदानमा उत्रिएका कठायतले कांग्रेसलाई केही धक्का हुने अनुमान गरिएको छ  । 

एमालेले  २०७४ को स्थानीय तहको निर्वाचनमा ३ वडा नगरपालिकाका जित हासिल गरेको थियो । एमालेले जित हात पारेका नगरपालिकाका वडा नम्बर ६,७ र ८ अहिले एकीकृत समाजवादी पार्टीतर्फ लागेकाले ऐमाले भन्दा समाजवादी बलियो भएको दाबी गर्दै आएको छ ।

कांग्रेस र माओवादीले भने नगरपालिकामा आफ्नो विजय हुने दाबी गरेका छन् । नेपाली कांगेस नगरप्रमुखका उम्मेदवार पदमबहादुर शाहीले पार्टीका मत कतै नजाने र कांग्रेसले चन्दननाथमा फेरी जित्ने दावी गरे  । नेकपा माओवादीका नगरप्रमुख उम्मेदवार जीवन बुढ्थापाले कांग्रेस दुई भागमा विभाजन भएकाले अहिले माओवादीको जित हासिल हुने बताउँछन्  । 

जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा कसले जित्ने जित हुन्छ भन्ने  बहस बनेको छ । तर, बलिया देखिएका कांग्रेस माओवादीलाई स्वतन्त्र उम्मेदार कठायतले टक्कर दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो