२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगले सोध्यो प्रचण्ड र आरजू राणालाई २४ घण्टे स्पष्टीकरण

२०७९, २८ बैशाख बुधबार ०८:०३

वैशाख २८, काठमाडौँ | निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजू राणालाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस (बीपी)ले मतदातालाई धम्क्याएको भन्दै प्रचण्डविरुद्ध हिजो उजुरी दिएको हो ।

आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा गएको २३ गते चितवनमा भएको सभामा आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनामा जान्छ भन्नुको मनसाय के हो ? यो अभिव्यक्ति प्रचलित निर्वाचन कानून विपरीत छ, छैन ? पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र जवाफ पेश गर्न भनेको छ । 

चुनाव जित्न असहज छैन : अध्यक्ष प्रचण्ड | Nepal Naksa

त्यस्तै निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवालाई पनि स्पष्टीकरण सोधेको छ । नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा भएको कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले गएको २२ गते हरिशप्रसाद अवस्थी र हिजो नेपाली कांग्रेस (बीपी) ले दिएको उजुरीका आधारमा राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । कैलालीमा भएको सभामा राणाले मतदातालाई आर्थिक प्रलोभन र गठबन्धनका उम्मेदवारलाई जिताए ५/६ जनालाई मलेसियाकाे लागि निःशुल्क भिसा टिकट उपलब्ध गराईदिने भनेकोबारे आयोगले स्पष्टीकरण सोधेको हो ।

आरजुलाई पनि निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण – Nepal Views

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने