१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारलाई भोट माग्ने ट्विटर ह्यान्डल मेरो होइन:-कुलमान घिसिङ

२८ बैशाख २०७९, बुधबार १०:२९

वैशाख २८, काठमाडौं | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो नाम र तस्बिर प्रयोग गरी नक्कली खाता खोलिएको बताएका छन्।बुधबार प्रेस विज्ञप्ती जारी गर्दै घिसिङले आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक अन्य कुनै ट्वीटर ह्यान्डल नभएको प्रष्ट पारेका छन्।

उनले भने, ‘मेरो नाम र तस्विर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको छ। मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली स्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु।’

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्णरुपमा पालना गरिरहेको  पदाधिकारीलाई विवादमा ल्याउने क्रियाकलापहरु नगर्न आग्रह गरे। यसअघि मंगलबार कुलमानको नाम र तस्बिर भएको एउटा ट्विटर ह्यान्डलबाट काठमाडौंका उम्मेदवारको पक्षमा भोट मागिएको थियो।

@Kulmanghising2D नामक ट्विटर आइडीबाट स्वतन्त्र व्यक्ति, स्वतन्त्र उम्मेदवार भन्दै बालेन शाहको पक्षमा भोट मागिएको थियो। यो आइडीमा १७ हजारबढी फ्लोवर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार