२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

६ जेष्ठ २०७९, शुक्रबार ०४:४४

जेठ ६, खोटाङ | स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् ।

जिल्लाका स्थानीय तहले पहिलोपल्ट महिला नेतृत्व पाएको हो । बिमला कांग्रेस र अरुणादेबी माओवादी केन्द्रकोतर्फबाट मेयर र अध्यक्षमा चुनिएकी हुन् । एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दैै बिमलाले मेयरमा बाजी मारेकी हुन् । मेयरका लागि बिमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएकी छन् । विमलाले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई तोडेर मेयरमा बाजी मारेकी हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा बिजयी बनेकी बिमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् । 

गठबन्धनकी अरुणादेबीले एमालेका शंखरबहादुर राईभन्दा ३०६ मत बढी पाएर अध्यक्षमा विजयी भएकी हुन् । अरुणादेबीले २८८१ मत पाउँदा शंखरबहादुरले २५७५ मत पाएका छन् । माओबादी केन्द्रले २०७४ सालको निर्वाचनमा पनि अरुणादेबीलाई प्रमुखको उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुंगामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । महिला नेतृत्वको कार्यसम्पादनलाई सबैले चासोका साथ हेरेका छन् । 

खोटेहाङ गाउँपालिकाको अध्यक्षमा एमालेकातर्फबाट उठाइएका कविता राई र बराहपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेबाटै उठेकी गोमा मगर भने पराजित भएकी छन् । कविता माओवादी केन्द्रका उदिमबहादुर राईभन्दा ३८ मत कम पाएर पराजित भएकी हुन् । गठबन्धनका उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाए । गोमा कांग्रेसका शलिाराम बञ्जराभन्दा ८५१ मतले पछि परेकी हुन् । बञ्जराले ३१८१ मत र मगरले २३३० मत प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा विजयी भएका कविता र गोमालाई यसपल्ट एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो । 

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा उपाध्यक्षमा एमालेकी अरुणा थापा मगर, रावाबेँसी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कौशिलादेबी गुरुङ र साकेला गाउँपालिकामा माओवादी केन्द्रकी बिर्सिका राई उपाध्यक्ष चुनिएकी छन् । गठबन्धनका कारण यसपल्ट महिला उपाध्यक्षको संख्या घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चैत्र १५ गतेको घटनाका दोषीलाई सरकारले कारबाही गर्नुपर्छ : माधव नेपाल कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन भक्तपुरमा बन्दै छ बिस्केट जात्राका लागि रथ शिक्षक पछि चिकित्सक पनि उत्रिए सडकमा काँग्रेसको कार्यक्रममा भारतीय पाहुना शिक्षकहरुको शान्तिपूर्ण आन्दोलन जारी सात समूहलाई सगरमाथा आरोहणको अनुमति सानिमा बैंकले ग्राहकहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल भोलिदेखि गर्ने देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः रामचन्द्र पौडेल यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपालले टस हार्यो रामनवमी पर्वका अवसरमा आज देशभरका राम मन्दिरमा भक्तजनको भीड आइतबार सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय