२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादी कति वटा पालिकामा निर्वाचित ?

२०७९, ६ जेष्ठ शुक्रबार ०६:५३

जेठ ६, काठमाडौं | माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकासहित हालसम्म १५ पालिकामा प्रमुखको स्थान बनाएको छ । त्यसैगरी,२० पालिकामा उपप्रमुख पद प्राप्त गरेको छ ।

भर्खरै हेटौंडामा मीना लामालाई मेयर बनाएको समाजवादीकी दुर्गा पुनले सल्यानको कपुरकोट गाँउपालिकामा प्रमुख जितेकी छन् । यता, कालिकोटको खाडाचक्र नगरपालिकामा कमल शाही, डोल्पाको छार्काताङसोङ गाँउपालिकामा सेनाङ गुरुङ आएका छन् ।

त्यसैगरी,डोल्पाको काइके गाँउपालिकामा अंगदकुमार राना, धादिङको धुनिवेशी नगरपालिकामा बालकृष्ण आचार्य, दोलखाको तामाकोशी गाँउपालिकामा द्रोणप्रताप केसी प्रमुखमा विजयी बनेका छन् ।

राजदेवी नगरपालिका रौतहटमा भिखारी यादव,उदयपुरगढी गाउँपालिकामा मानबहादुर केप्छाकी मगर,गौर नगरपालिका,रौतहटमा शम्भु साह,सखुवानान्कारकट्टी गाउँपालिका,सिरहामा केदारनाथ यादवले जितेका छन् ।

डोल्पाको डोल्पोबुद्द गाउँपालिकामा कर्मा छोवल गुरुङ,मुगुको सारु गाँउपालिकामा धर्मबहादुर शाही, कैलालीको घोडाघोडी नगरपालिकामा खडक रावत,काभ्रेको मण्डनदेउपुरमा टोकबहादुर वाइबा भारि मतका साथ विजयी बनेका हुन् ।

त्यस्तै,धर्मबहादुर अर्याल धादिङको ज्वालामुखी गाँउपालिका उपप्रमुख बनेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचौकगढी नगरपालिकामा सीता थापा, बझाङको बुङ्गल नगरपालिकामा धनबहादुर बोहरा,इलामको सन्दकपुर गाँउपालिकामा हरिबहादुर लोहनीले जित हासिल गरेका छन् ।

मेरिङदेन गाँउपालिका,ताप्लेजुङमा दुर्गाहाङ चोङहाङ,नौमुले गाँउपालिका,दैलेखमा गंगाबहादुर शाही,बाराहीपोखरी गाँउपालिका, खोटाङमा भुवलराज राई, सभापोखरी गाँउपालिका, संखुवासभामा लक्ष्मी चापागाई, मादी गाउँपालिका,कास्कीमा देवीजंग गुरुङ निर्वाचित भएका छन् ।

अन्य निर्वाचित हुनेमा पाँचखपन नगरपालिका,संखुवासभाबाट सुमुना श्रेष्ठ,राजदेवी नगरपालिका, रौतहटबाट राजकुमारी साह, बेनीघाट रोराङ गाउँपालिका,धादिङबाट टापबहादुर श्रेष्ठ,रामारोशन गाउँपालिका,अछामबाट ताराप्रसाद खनाल रहेका छन् ।

उता,बझाङको छबिसपाथिभेरा गाँउपालिकामा लछिमन बोहरा, डोल्पोबुद्द गाँउपालिकामा पेम्मा धोर्चे गुरुङ,सप्तरीको शम्भुनाथ नगरपालिकामा अनिताकुमारी चौधरी,हुम्लाको चन्खेली गाँउपालिकामा प्रेमकला शाही,रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बिमलकुमार पुन र कालिकोटको रासकोट लमज नगरपालिकामा मणिराज बराल निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक