2026-06-20 01:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगर महानगरको मेयरका लागि गठबन्धनतर्फका नागेशको अग्रता, कति मत ल्याए?

जेठ ६, विराटनगर |  विराटनगर महानगरपालिकाको मेयरका लागि गठबन्धनतर्फका कांग्रेस उम्मेदवार नागेश कोइरालाले २५ हजार भन्दाबढी मत पाएका छन्।

आदर्श माविमा गरिएको मतपरिणाम अनुसार कोइरालाले हालसम्मको गणनामा २५ हजार ३ सय १२ मत हासिल गरेका छन्। उनले एमालेका उम्मेदवार सागर थापासँगको मतान्तरलाई ६ हजार ४ सय ७७ पुराएका छन्। थापाले १८ हजार ८ सय ३५ मत पाएका छन्। स्वतन्त्रतर्फका उमेश यादवले ७ हजार ६ सय ६५ मत हासिल गरेका छन्।

                

उनी दौडको तेस्रो स्थानमा रहिरहँदा राप्रपाका उम्मेदवार प्रह्लाद साह ४ हजार ७ सय २९ मतसहित चौथो स्थानमा रहेका छन्।

अर्कोतर्फ उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले २२ हजार १४ मतसहित पहिलोस्थान कायम छन्।

कार्कीले उपमेयरमा ९ हजार ६ सय ४८ मतको फराकिलो अन्तर बनाएकी छन्। उनको निकटतम प्रतिष्पर्धी उम्मेदवार अमरेन्द्र यादवले १२ हजार ३ सय ६६ मत पाएका छन्। त्यसैगरी, राप्रपाकी उम्मेदवार विन्दा लुइटेल आचार्यले ५ हजार ७ सय ६५ मतसहित तेस्रोस्थानमा रहेकी छन्। स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४ हजार ५ सय ५० मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ